४ जेठ, २०८१ शुक्रबार

09:40:15 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

अशक्त व्यक्तिहरुलाई रोजगार प्रदान गर्न कुमारी जब र फाउण्ड परियोजनाबीच सम्झौता

Nepal Business

१२ फागुन, २०७८

अशक्त व्यक्तिहरुलाई रोजगार प्रदान गर्न कुमारी जब र फाउण्ड परियोजनाबीच सम्झौता

काठमाण्डौं

अशक्त व्यक्तिहरुको लागि औपचारिक रोजगारीको अवसरहरु प्रदान गर्ने साझा उद्धेश्यको साथ कुमारी जब र फाउण्ड परियोजना (द लेप्रोसी मिशन) नेपालबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । अशक्त भएका व्यक्तिहरूलाई रोजगार बनाउन सहयोग गर्दै समाजको लागि योगदान दिने मुख्य उद्धेश्यले प्रेरित भएर बिहीबार यो सम्झौतामा हस्ताक्षर गरिएको हो । 

सो सम्झौता पत्रमा कुमारी जबका तर्फबाट प्रबन्ध निर्देशक सन्देश भण्डारी र फाउन्ड परियोजनाका तर्फबाट परियोजना निर्देशक चिरञ्जीवी शर्माले हस्ताक्षर गर्नुभएको हो ।

सो कार्यक्रममा बोल्दै कुमारी जबका प्रबन्ध निर्देशक सन्देश भण्डारीले भन्नुभयो, ‘शारीरिक रुपमा अशक्त भएका व्यक्तिहरु मानसिक रुपमा उत्तिकै सक्षम हुन्छन् र उचित अवसर पाएको खण्डमा उनीहरुले पनि अन्य मानिसहरु सरह नै उत्कृष्ट कार्यक्षमता प्रदर्शन गर्न सक्दछन् । नेपाली परिप्रेक्ष्यमा शारीरिक अशक्त भएका व्यक्तिहरुलाई औपचारिक रोजगारीको क्षेत्रमा अझै पनि अवसर दिन नखोजिएकोमा कुमारी जबले परिवर्तनको सन्देश दिन खोजेको छ । र, यसै सिलसिलामा फाउन्ड परियोजनासँग सहकार्य गर्न पाउँदा हामी गौरवान्वित भएका छौँ ।’

नेपालमा रोजगारीको क्षेत्रमा योगदान पु¥याउन भविष्यमा यस्ता थप कदम चाल्न कुमारी जब उत्सुक रहेको उहाँले बताउनुभयो । 

उहाँका अनुसार यस सहमतिले अशक्त भएका व्यक्तिहरूलाई औपचारिक रोजगारीको अवसरहरु उपलब्ध गराएर नेपालको रोजगारी क्षेत्रलाई अझ बलियो बनाउने विश्वास छ ।