३ जेठ, २०८१ बिहिबार

08:04:03 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

बैंकहरुले ३९ खर्ब ७९ अर्ब सापटी लिए

११ फागुन, २०७८

बैंकहरुले ३९ खर्ब ७९ अर्ब सापटी लिए

काठमाण्डौं
तरलता अभाव हुँदै गएपछि बैंकहरुले फागुन ९ गतेसम्म नेपाल राष्ट्र बैंकबाट ३९ खर्ब ७९ अर्ब रुपैयाँ स्थायी तरलता सुविधा लिएका छन् । तरलता अभाव चर्किएपछि अल्पकालीन रुपमा समस्या समाधान गर्नका लागि बैंकहरुले केन्द्रीय बैंकबाट सुविधा लिने गरेका छन् ।

आइतबारमात्र बैंकहरुले यसप्रकारको सापटी २४ अर्ब लिएका थिए । सोमबार बैंकहरुले थप संकटको सामना गर्नुपर्यो । राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टका अनुसार सोमबारमात्रै बैंकहरुले ३९ अर्ब ९१ करोड रुपैयाँ स्थायी तरलता सुविधा लिएका छन् । बैंक तथा वित्तीय संस्थाहरूको अनुरोधमा आकस्मिक तरलता व्यवस्थापनका लागि सरकारी ऋणपत्रको धितोमा नेपाल राष्ट्र बैंकबाट निर्धारित अवधिसम्मका लागि प्रदान गरिने तरलता सुविधा नै स्थायी तरलता सुविधा हो ।

आइतबारमात्र बैंकहरुले यसप्रकारको सापटी २४ अर्ब लिएका थिए । सोमबार बैंकहरुले थप संकटको सामना गर्नुपर्यो । राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टका अनुसार सोमबारमात्रै बैंकहरुले ३९ अर्ब ९१ करोड रुपैयाँ स्थायी तरलता सुविधा लिएका छन् । 

स्थायी तरलता सुविधामा लाग्ने व्याजदर अन्तर बैंकदर पनि बढेर ७ प्रतिशत नजिक पुगेको छ । शुक्रबारसम्म ५ प्रतिशत हाराहारीमा रहेको बैंक दर सोमबारसम्म बढेर ६.९७ प्रतिशत पुगेको छ । पछिल्लो समय बैंकहरुमा तरलता संकट थप बढ्दै गएको छ । राष्ट्र बैंकका प्रवक्ता डा. भट्ट पनि तरलताको दबाब बैंकहरुमा कायमै रहेको बताउनु हुन्छ । अहिले देखिएको समस्याको प्रमुख कारण बढ्दो आयात नै भएको उहाँले बताउनु भयो ।

साउनदेखि माघसम्म कुल ११ खर्ब ४७ अर्ब ४६ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । यो गत आवको यसै अवधिको तुलनामा ४२.७८ प्रतिशत बढी हो । यसअघि पहिलो ६ महिनासम्म आयात ५१.१३ प्रतिशतले बढेको थियो । आयातको उच्च वृद्धि दर चालु आवको पहिलो महिनाबाटै उच्च छ । 

चालु आर्थिक वर्षको ६ महिनामा राष्ट्र बैंकले तरलताको रुपमा ६० अर्ब रुपैयाँ बजारमा पठाएको छ । अधिक तरलता हुँदा राष्ट्र बैंकले बजारबाट पैसा तान्ने र बजारमा अभाव हुँदा विभिन्न उपकरणहरु मार्फत तरलता प्रवाह गर्ने गरेको छ । यस अवधिमा रिपोमार्फत ३ खर्ब २३ अर्ब ८५ करोड, सोझै खरिद उपकरण मार्फत २७ अर्ब २२ करोड  र स्थायी तरलता सुविधा मार्फत ३० खर्ब १५ अर्ब ८९ करोड गरी कुल ३३ खर्ब ६६ अर्ब ९६ करोड तरलता प्रवाह गरिएको राष्ट्र बैंकले बताएको छ ।

त्यसैगरी चालु आर्थिक वर्षको ६ महिनामा रिभर्स रिपोमार्फत २८ अर्ब ३५ करोड र निक्षेप संकलन उपकरणमार्फत ३१ अर्ब ६५ करोड गरी कुल ६० अर्ब तरलता प्रशोचन गरिएको राष्ट्र बैंकले बताएको छ । अघिल्लो वर्षको सोही अवधिमा रिभर्स रिपोमार्फत ८९ अर्ब ५४ करोड र निक्षेप संकलन उपकरणमार्फत १ खर्ब ५१ अर्ब ८० करोड गरी कुल २ खर्ब ४१ अर्ब ३४ करोड तरलता प्रशोचन भएको थियो ।