६ जेठ, २०८१ आइतबार

10:23:14 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

कांग्रेसले विहिबारको प्रतिनिधिसभा बैठकमा अनिवार्य उपस्थित हुन सांसदहरुलाई निर्देशन

Nepal Business

११ फागुन, २०७८

कांग्रेसले विहिबारको प्रतिनिधिसभा बैठकमा अनिवार्य उपस्थित हुन सांसदहरुलाई निर्देशन

काठमाण्डौं
नेपाली कांग्रेसले बिहीबार बस्ने प्रतिनिधिसभा बैठकमा अनिवार्य उपस्थित हुन आफ्ना सांसदहरुलाई निर्देशन दिएको छ ।

कांग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसालले सबै सांसदलाई उपस्थित हुन सूचना जारी गरेको बताउनु भएको छ।

आइतबार बसेको प्रतिनिधिसभा बैठकमा सरकारले अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता अनुमोदनका लागि पेश गरेको थियो । त्यसपछि संसद बैठक बिहीबार बस्दै छ ।