३१ भदौ, २०८२ मंगलबार
02:45:14 PM
११ फागुन, २०७८
बैंकले बिक्री खुल्ला गरेको उक्त सेयर कम्पनीका विद्यमान संस्थापक शेयरधनीहरुले मात्र खरिद गर्न पाउनेछन् ।
काठमाडौं
बैंक अफ काठमाण्डू लिमिटेडको संस्थापक सेयर लिलामीमा बिक्री खुल्ला भएको छ । बैंकले फागुन ११ गते बुधबारदेखि सुलोचना कसजुको नाममा रहेका ४७ हजार ३५० कित्ता संस्थापक सेयर लिलामीमा बिक्री खुल्ला गरेको हो। बैंकले बिक्री खुल्ला गरेको उक्त सेयर कम्पनीका विद्यमान संस्थापक शेयरधनीहरुले मात्र खरिद गर्न पाउनेछन् । इच्छुक विद्यमान संस्थापक सदस्यहरुले तोकिएको अवधिभित्र आवश्यक कागजपत्र संकलन गरी कम्पनी सचिवको कार्यालयमा सम्पर्क गर्न बैंकले आग्रह गरेको छ ।
तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरुबाट सो सेयर खरिदका लागि कुनै पनि आवेदन नपरेमा अन्य व्यक्ति तथा संस्थाहरुमा सेयर बिक्री गरिने कम्पनीले जनाएको छ ।