३ जेठ, २०८१ बिहिबार

06:35:26 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

नेपालीको नाममा कम्पनी खोलेर बैंकिङ अपराध गर्दै चिनिया नागरिक, एप्लिकेसनमार्फत लोन स्किम दिने ३७ पक्राउ

Nepal Business

११ फागुन, २०७८

दीपक श्रेष्ठको नाममा लेमन ग्रुप अफ कम्पनी दर्ता गरी चिनियाँ नागरिक च्याङ हु वओले नेपालीको प्रयोग गरी बैंकिङ कसुर गरेको

नेपालीको नाममा कम्पनी खोलेर बैंकिङ अपराध गर्दै चिनिया नागरिक, एप्लिकेसनमार्फत लोन स्किम दिने ३७ पक्राउ

काठमाडौँ, 

नेपालीको नाममा कम्पनी खोलेर एक चिनियाले बैंकिङ अपराध गरेका छन् । उनले नेपालीहरु नै कामदार राखेर यसरी कसुर गरेको प्रहरीले जनाएको छ ।

बैंक तथा वित्तीय संस्था ऐन, २०७३ अन्तर्गतको कसुरमा संलग्न रहेको आरोपमा प्रहरीले काठमाडौँको पुरानो बानेश्वरबाट एक चिनियाँसहित ३७ जनालाई पक्राउ गरेको छ । 

सिन्धुली घर भई ललितपुर बस्ने दीपक श्रेष्ठको नाममा लेमन ग्रुप अफ कम्पनी दर्ता गरी चिनियाँ नागरिक च्याङ हु वओले नेपालीको प्रयोग गरी बैंकिङ कसुर गरेको प्रहरीको दाबी छ । 

उनीहरुले इजी क्रेडिट, फ्रि क्यास, ह्याण्डी लोन, गो लोन, रुपी स्टार र हाइ क्यासलगायत एप्लिकेशनमार्फत गैरकानूनी तवरले लोन स्किम दिइरहेको छ भन्ने विशेष सूचनाका आधारमा सोमबार महानगरीय प्रहरी परिसर र प्रहरी वृत्त नयाँ बानेश्वरको संयुक्त प्रहरी टोलीले पुरानो बानेश्वरमा छापा मारी उनीहरुलाई नियन्त्रणमा लिएको हो ।  

उनीहरुको साथबाट ल्यापटपलगायतका सामग्री बरामद गरिएको छ । उक्त घटनाका सम्बन्धमा बैंक तथा वित्तीय संस्था ऐन, २०७३ अन्तर्गतको कसुरमा काठमाडौँ जिल्ला अदालतबाट पाँच दिन म्याद थप गरी अनुसन्धान भइरहेको परिसरले आज एक विज्ञप्ति जारी गरी जनाएको छ ।