२ जेठ, २०८१ बुधबार

05:53:04 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

निक्षेप संकलनमा नेपाल बैंक पहिलो

१० फागुन, २०७८

निक्षेप संकलन वृद्धिका आधारमा नेपाल बैंक प्रथम स्थानमा छ भने कर्जा विस्तार वृद्धिका आधारमा नेपाल बैंक दोस्रो स्थानमा रहेको छ।

निक्षेप संकलनमा नेपाल बैंक पहिलो

काठमाडौं
माघ महिनाभित्र निक्षेप संकलनमा नेपाल बैंक पहिलो रहेको छ । नेपालका २७ वटा वाणिज्य बैंकहरुमध्ये नेपाल बैंक निक्षेप संकलनमा पहिलो रहेको हो । नेपाल बैंकले निक्षेप संकलन र कर्जा विस्तार दुवैमा उच्च वृद्धि गरेको छ।

गत माघ महिनामा निक्षेप संकलन वृद्धिका आधारमा नेपाल बैंक प्रथम स्थानमा छ भने कर्जा विस्तार वृद्धिका आधारमा नेपाल बैंक दोस्रो स्थानमा रहेको छ।

माघ महिनामा बैंकको निक्षेप २१ दशमलव २६ प्रतिशतले वृद्धि भएको छ भने कर्जा विस्तार २८दशमलव ५१ प्रतिशतले वृद्धि भएको छ । यो अवधिमा २७ मध्ये १६ वाणिज्य बैंकहरूको निक्षेप वृद्धि भएको छ भने १० वटा वाणिज्य बैंकहरूको निक्षेपमा गिरावट भएको देखिन्छ । वाणिज्य बैंकहरुको औसत निक्षेप वृद्धिदर १० दशमलव ३७ प्रतिशत रहेको छ।

पछिल्लो महिना २७ वटै वाणिज्य बैंकहरुको कर्जा विस्तारमा वृद्धि भएको छ। औसतमा वाणिज्य बैंकहरुको कर्जा विस्तारमा १६ प्रतिशतको वृद्धि भएको देखिन्छ।  देशभर २१३ शाखा, १४७ एटीएम मेसिनका साथै ४७ वटा एक्सटेन्सन काउन्टरमार्फत करिब २० लाख ग्राहकलाई वित्तीय सेवा पुर्याइरहेको बैंकले जनाएको छ ।