२ जेठ, २०८१ बुधबार

06:58:06 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

लक्ष्मी बैंकको नयाँ शाखा भक्तपुरको कमलविनायकमा

१० फागुन, २०७८

लक्ष्मी बैंकको शाखा सञ्जाल ५० जिल्लामा १४२ शाखा, ११ एक्सटेन्सन काउन्टर र ५ हस्पिटल सेवा काउन्टर, १७३ एटिएम, २५०० भन्दा बढि रेमिटेन्स् एजेन्ट तथा ६३ शाखा रहित बैंकिङ एजेन्टहरु पुगेको छ ।

लक्ष्मी बैंकको नयाँ शाखा भक्तपुरको कमलविनायकमा

काठमाडौं
लक्ष्मी बैंकले थप नयाँ शाखा संचालनमा ल्याएको छ । बैंकले भक्तपुरको कमलविनायकमा १४२ औं शाखा सञ्चालनमा ल्याएकोे हो ।  कमलविनायकमा थपिएको नयाँ शाखासँगै लक्ष्मी बैंकको शाखा सञ्जाल ५० जिल्लामा १४२ शाखा, ११ एक्सटेन्सन काउन्टर र ५ हस्पिटल सेवा काउन्टर, १७३ एटिएम, २५०० भन्दा बढि रेमिटेन्स् एजेन्ट तथा ६३ शाखा रहित बैंकिङ एजेन्टहरु पुगेको छ ।

यो शाखाको साथ लक्ष्मी बैंकले आफ्नो सेवा अझ सुदृढ अनि व्यापक बनाउने विश्वास राखेको छ । सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, घर तथा सवारी कर्जा, सानाव्यवसायी कर्जा, लघुवित्त, लगायतका वित्तीय सेवाहरुको बढ्दो मागलाई पुरा गर्न बैंकले नयाँ तथा वित्तीय पहुँच नपुगेका क्षेत्रहरुमा आक्रामक रुपमा आफनो शाखा सेवा बिस्तार गर्दै आएको छ ।