३ जेठ, २०८१ बिहिबार

08:23:24 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

महुली लघुवित्तकोे ५ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

१० फागुन, २०७८

संस्थाका संस्थापक सेयरधनीले आफ्नो नाममा रहेको ५ हजार कित्ता संस्थापक सेयर बिक्री गर्न निवेदन दिएको हुनाले सो सेयर बिक्री गर्न लागेको लघुवित्तले जनाएको छ ।

महुली लघुवित्तकोे ५ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं
महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्री गर्ने भएको छ । संस्थाका संस्थापक सेयरधनीले आफ्नो नाममा रहेको ५ हजार कित्ता संस्थापक सेयर बिक्री गर्न निवेदन दिएको हुनाले सो सेयर बिक्री गर्न लागेको लघुवित्तले जनाएको छ ।

कम्पनीले एक सूचना प्रकाशन गर्दै नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम सर्वप्रथम संस्थाका संस्थापक सेयरधनीहरुलाई नै प्राथमिकता दिनुपर्ने भएकाले संस्थापक सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरुले सूचना प्रकाशन भएको ३५ दिनभित्र आवश्यक कागजपत्र सहित कम्पनीको केन्द्रिय कार्यालय, महुली, सप्तरीमा आइपुग्ने गरी निवेदन दिन अनुरोध गरेको छ ।

तोकिएको समयमा विद्यमान संस्थापकहरुको आवेदन नआएमा प्रचलित कानून बमोजिम सेयर बिक्री प्रक्रिया अगाडि बढाइने कम्पनीले जनाएको छ ।