२ जेठ, २०८१ बुधबार

08:17:40 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

नेपाल इन्भेष्टमेन्ट बैंकले जम्मा गर्याे शेयरधनीहरुको खातामा बोनस सेयर, तपाईको आयो त ?

१० फागुन, २०७८

बैंकले शेयरधनीहरुको डिम्याट खातामा १२ दशमलव ६६१ प्रतिशत बोनस सेयर शेयरधनीहरुको डिम्याट खातामा जम्मा

नेपाल इन्भेष्टमेन्ट बैंकले जम्मा गर्याे शेयरधनीहरुको खातामा बोनस सेयर, तपाईको आयो त ?

काठमाडौं
नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले शेयरधनीहरुको डिम्याट खातामा बोनस सेयर जम्मा गरेको छ । बैंकले शेयरधनीहरुको डिम्याट खातामा १२ दशमलव ६६१ प्रतिशत बोनस सेयर शेयरधनीहरुको डिम्याट खातामा जम्मा गरेको हो । मंसिर १७ गते सम्पन्न बैंकको ३५ औँ वार्षिक साधारण सभाले उक्त बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको थियो ।

बैंकले मंसिर ५ गतेसम्म सेयर अभौतिकीकरण गराएका शेयरधनीहरुको डिम्याट खातामा जम्मा गरेको हो । हालसम्म भौतिक सेयर धारण गरेका शेयरधनीहरुलाई शिघ्र सेयर अभौतिक गराई खाताको विवरण उपलब्ध गराउन बैंकले अनुरोध गरेको छ।