३ जेठ, २०८१ बिहिबार

08:32:49 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

महालक्ष्मी विकास बैंंकको स्थगित साधारण सभा फागुन १३ गते हुने, २१ प्रतिशत लाभांश पारित गर्ने

१० फागुन, २०७८

बैंकका शेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको २० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ १.०५२६ प्रतिशत नगद लाभांश गरि कुल २१.०५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सभामा पेस गरिनेछ ।

महालक्ष्मी विकास बैंंकको स्थगित साधारण सभा फागुन १३ गते हुने, २१ प्रतिशत लाभांश पारित गर्ने

काठमाडौं
महालक्ष्मी विकास बैंकको स्थगित भएको साधारण सभा फागुन १३ गते हुने भएको छ। बैंकले २० औँ वार्षिक साधारण सभा पुस २५ गते बोलाएकोमा गणपुरक संख्या नपुगेकोले स्थगित भएको थियो । बैंकले पुःन माघ ३ गते तोकिएको सभा माघ ३ गतेको अन्तरिम आदेश छलफलको टुङ्गो नलागेसम्म नगर्नु नगराउनु भनि उच्च अदालत पाटनबाट आदेश भई सभा स्थगित भएको थियो।

माघ ३ गते अन्तरिम आदेश छलफल हुँदा निवेदकको माग बमोजिम अन्तरिम आदेश जारी हुने अवस्थाको विद्यमानता नहुँदा यस अदालतबाट पुस २३ गते जारी भएको अल्पकालिन अन्तरिम आदेशलाई निरन्तरता दिनु परेन भनि उच्च अदालतबाट आदेश भएको थियो ।

आदेशको पालना गर्दै बैंकको फागुन ५ गते बसेको सञ्चालक समितिको ५१६ औ बैठकले २० औँ वार्षिक साधारण सभा फागुन १३ गते शुक्रबार बिहान ११ः०० बजे नेपाल प्रज्ञा प्रतिष्ठन, कमलादी, काठमाडौंमा हुने भएको छ । उक्त साधारण सभाले २१.०५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।

बैंकको वार्षिक साधारण सभामा संचालक समितिले प्रस्ताव गरे बमोजिम आर्थिक वर्ष २०७७/७८ को सञ्चित मुनाफाबाट बैंकका शेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको २० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ १.०५२६ प्रतिशत नगद लाभांश गरि कुल २१.०५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सभामा पेस गरिनेछ ।