२ जेठ, २०८१ बुधबार

03:57:45 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सांग्रिला डेभलपमेन्ट बैंकको १०९ औं शाखा गढवामा

१० फागुन, २०७८

ग्रामीण साथै शहरी क्षेत्रमा समेत आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रम सँगै गढवा गाउँपालिका वडा नं. ६, दाङ्गमा नयाँ शाखा संचालनमा ल्याएको हो ।

सांग्रिला डेभलपमेन्ट बैंकको १०९ औं शाखा गढवामा

काठमाडौं
सांग्रिला डेभलपमेन्ट बैंकले सोमबार थप नयाँ शाखा संचालनमा ल्याएको छ । बैंकले ग्रामीण साथै शहरी क्षेत्रमा समेत आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रम सँगै गढवा गाउँपालिका वडा नं. ६, दाङ्गमा नयाँ शाखा संचालनमा ल्याएको हो । गढवा शाखा कार्यालय संचालनमा आए सँगै सो क्षेत्रका सर्वसाधारणलाई सहज बैंकिङ्ग सुविधा पुग्ने विश्वास बैंकले लिएको छ । योसँगै सांग्रिला डेभलपमेन्ट बैंकको कुल शाखा संख्या १०९ पुगेको छ ।  

सांग्रिला डेभलपमेन्ट बैंकले आफ्ना ग्राहकहरुलाई विभिन्न प्रकारका बैंकिङ्ग सुविधाहरु दिंदै आएकोमा यस शाखाको सञ्चालनबाट दाङ्गका ग्राहकहरुलाई अझ सरल र सहज तरिकाले बैकिङ्ख सेवा लिने वातावरण बनेकोमा बैंक विश्वस्त रहेको छ ।