३ जेठ, २०८१ बिहिबार

07:33:29 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

ब्याजदर बढेसँगै बढ्यो वाणिज्य बैंकहरुको निक्षेप

९ फागुन, २०७८

ब्याजदर बढेसँगै बढ्यो वाणिज्य बैंकहरुको निक्षेप

काठमाण्डौ
यो साता वाणिज्य बैंकहरुको निक्षेप संकलनमा बृद्धि भएको छ । पछिल्ला दिनहरुमा बैंकहरुमा तरलता अभाव देखिएपछि निक्षेपमा ब्याजदर बढेको थियो । शुरुमा ब्याजदर बढेपनि निक्षेपमा खासै परिवर्तन आएको थिएन । 

नेपाल बैंकर्स एसोसिएसनले सार्वजनिक गरेको तथ्यांक अनुसार बैंकहरूको निक्षेप संकलन सँगसँगै कर्जा लगानी पनि बढेको हो । यो बढेसँगै बजारमा तरलता समस्या कम हुँदै जानसक्ने एसोसिएसनले बताएको छ । 

फागुन ६ गते शुक्रबारसम्म वाणिज्य बैंकहरुले ४३ खर्ब १२ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् । यो अघिल्लो साताको तुलनामा १ अर्बले बढेको हो । गत माघ २९ गतेसम्म वाणिज्य बैंकहरूले ४३ खर्ब ११ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका थिए । 

यसैगरी अहिले वाणिज्य बैंकहरुको कर्जा लगानी पनि बढ्दै गएको छ ।  बैंकहरुको कर्जा लगानी ४ अर्ब रुपैयाँले बढेर ४१ खर्ब ५९ अर्ब रुपैयाँ पुगेको छ । माघ २९ गतेसम्म वाणिज्य बैंकहरूले ४१ खर्ब ५५ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए । 

यसै अनुपातमा निक्षेप संकल बढ्दै र कर्जा लगानीमा थप व्यवस्थापन गर्दै जाने हो भने तरलता अभावको ठूूलो संकट नआउने बैंकर्स एसोसिएसनले जनाएको छ । यस अवस्थामा बैंक तथा वित्तीय संस्थाहरु र यससँग जोडिएका व्यक्ति वा संघसंस्थाले सावधानी पूर्वक कारोबार गर्नुपर्ने विषयमा एसोसिएसनले जोड दिएको छ ।