४ जेठ, २०८१ शुक्रबार

07:35:36 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सपिङ्ग कम्प्लेक्स निर्माणका लागि इनरुवा नगरपालिका र कोषबीच ऋण सम्झौता

Nepal Business

९ फागुन, २०७८

कम्प्लेक्स निर्माणको कुल अनुमानित लागत रकम २४ करोड ३१ लाख ५८ हजार रहेकोमा ८० प्रतिशत ऋण रकम कोषको तर्फबाट र २० प्रतिशत रकम नगरपालिकाबाट व्यहोरिने सहमति

सपिङ्ग कम्प्लेक्स निर्माणका लागि इनरुवा नगरपालिका र कोषबीच ऋण सम्झौता

काठमाण्डौं

नगर विकास कोष र इनरुवा नगरपालिकाबिच ‘इनरुवा सपिङ्ग कम्प्लेक्स’ आयोजना निर्माणका लागि ऋण सम्झौता भएको छ । कोषका कार्यकारी निर्देशक कृष्णप्रसाद सापकोटा र इनरुवा नगरपालिकाका नगर प्रमुख राजन मेहताबीच १९ करोड ४५ लाख २६ हजारको ऋण सम्झौतामा हस्ताक्षर भएको हो । 

कम्प्लेक्स निर्माणको कुल अनुमानित लागत रकम २४ करोड ३१ लाख ५८ हजार रहेकोमा ८० प्रतिशत ऋण रकम कोषको तर्फबाट र २० प्रतिशत रकम नगरपालिकाबाट व्यहोरिने सहमति भएको छ ।इनरुवा नगरपालिका वडा नंं १ मा करिब ५ कठ्ठा १८ धुर क्षेत्रफलमा सो भवन निर्माण हुन लागेको हो ।

सपिङ्ग कम्प्लेक्स निर्माणलाई नगरपालिकाको महत्वपूर्ण व्यावसायिक आयोजनाको रुपमा हेरिएको छ । सम्झौता पत्रमा हस्ताक्षर गर्दै इनरुवा नगरपालिकाका नगर प्रमुख मेहेताले नगरवासीलाई व्यवस्थित र आधुनिक शहरी सेवा सुविधा प्रवाह गर्न यस आयोजनामा नगर विकास कोषको ऋण महत्वपूर्ण हुने बताउनुभयो । साथै उहाँले आयोजना गुणस्तरीयरुपमा समयमा नै सम्पन्न गर्नेतर्फ प्रतिबद्धता समेत व्यक्त गर्नुभयो । 

कोषका कार्यकारी निर्देशक सापकोटाले आयोजना ऋण सम्झौताको चरणसम्म आई पुग्दा  आयोजनालाई गुणस्तरीय बनाउन तयारी तथा विकासको चरणदेखि नै आफुहरुको नगरपालिकासँग सहकार्य भएको बताउनुभयो । 

आयोजनालाई गुणस्तरीयरुपमा सम्पन्न गर्नेतर्फ नगरपालिकाको महत्वपूर्ण भूमिका रहने विचार व्यक्त गर्नुभयो । यस आयोजनाबाट व्यवस्थित व्यवसायीक क्रियाकलाप, स्थानीय उत्पादनको प्रवद्र्धन र बजारीकरणकामा समेत महत्वपूर्ण योगदान हुने विश्वास व्यक्त गर्नुभयो ।