२ मंसिर, २०८१ आइतबार
05:31:16 PM
८ फागुन, २०७८
८ फागुन । हाम्रो फर्मा फार्मेसी प्याथल्याबले मिडिया अलायन्समा आवद्ध कर्मचारी तथा परिवारका सदस्यलाई १५ प्रतिशतसम्म छुट दिने भएको छ ।
सम्झौताअनुसार हाम्रो फर्माले मिडिया अलायन्स नेपालका सबै कर्मचारी तथा पारिवारिक सदस्यलाई नेपालमा उत्पादित औषधिमा १५ र भारतीय औषधिमा १२ प्रतिशत छुट दिनेछ ।
उक्त सेवाबारे मिडिया अलायन्स नेपाल र साधना हेल्थ प्रालिबीच सम्झौता भएको छ । सम्झौता पत्रमा मिडिया अलायन्स नेपालका अध्यक्ष भाष्करराज राजकर्णिकार र हाम्रो फर्मा फामेसीतर्फबाट साधना हेल्थ प्रालिका अध्यक्ष दिरेकलाल श्रेष्ठले हस्ताक्षर गर्नुभएको छ ।
सम्झौताअनुसार हाम्रो फर्माले मिडिया अलायन्स नेपालका सबै कर्मचारी तथा पारिवारिक सदस्यलाई नेपालमा उत्पादित औषधिमा १५ र भारतीय औषधिमा १२ प्रतिशत छुट दिनेछ ।
काठमाडौँ उपत्यकाभित्र हाम्रो फर्माले १० बजेसम्म औषधिको अर्डर प्राप्त भएमा घरसम्म आपूर्ति गरिदिनेछ । हाम्रो फर्माले मासिक रुपमा डिजिटल माध्यमबाट ग्राहकलाई नियमित औषधि सेवन गर्ने ग्राहकलाई ‘औषधि सकिनलाग्यो कि’ भन्ने व्यहोराको ‘रिमाण्डर नोटिस’ पनि पठाउनेछ । यसले निमोनिया र फ्लू खोपका लागि विशेष छुट दिने सहमति भएको र घरमै प्रयोगशाला परीक्षणको सेवा पनि उपलव्ध गराउने जनाइएको छ ।
यसका लागि १५ प्रतिशतसम्म छुटको व्यवस्था पनि छ । यसले सेवाग्राहीको घरमै गएर मधुमेयको फास्टिङ टेस्ट गर्ने र पिपी टेस्टका लागि सेवाग्राहीको कार्याल मै पुगेर परीक्षण गर्ने सहमति पनि भएको छ । यसले परीक्षणको रिपोर्ट सेवाग्राहीको चाहनाअनुसार इमेल, ह्वाट्सयाप वा भाइबरबाट पठाउने प्रतिवद्धता जनाएको छ ।
सम्झौताका हस्ताक्षरकर्ता राजकर्णिकार र श्रेष्ठले कोरोना महामारीका बेला घर–घरमै औषधि आपूर्ति गर्ने हाम्रो फर्माको व्यवस्थाले सेवाग्राही र विरामीले जोखिम मोलेर बजारसम्म निस्कनु नपर्ने भएको छ, यसको लाभ सबैले लिनुपर्छ भन्नुभएको छ ।