२ मंसिर, २०८१ आइतबार

05:21:22 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

तनहुँमा १ हजार ६५ उद्योग दर्ता, ५ हजार भन्दाबढी प्रत्यक्ष रोजगारी

८ फागुन, २०७८

तनहुँमा १ हजार ६५ उद्योग दर्ता, ५ हजार भन्दाबढी प्रत्यक्ष रोजगारी

तनहुँ
चालु आर्थिक वर्षको पहिलो छ महिनामा तनहुँमा १ हजार ६५ उद्योग दर्ता भएका छन् । तीमध्ये सबैभन्दा बढी कृषिजन्य उद्योग रहेका छन् । 

घरेल् तथा साना उद्योग कार्यालय तनहुँका अनुसार दर्ता भएका उद्योगमध्ये ७२१ कृषिजन्य, ७४ उत्पादनमूलक, १९७ पर्यटनमूलक, १६६ सेवामूलक, चार सूचना तथा प्रविधिमूलक रहेका छन् । कार्यालयमा कृषिजन्य, ऊर्जामूलक, खनिजजन्य, पूर्वाधार, पर्यटनमूलकलगायतका उद्योग दर्ता हुँदै आएका छन् । दर्ता भएकालाई निजी र साझेदारी लघु उद्यम, घरेलु उद्योग र साना उद्योगमा वर्गीकरण गर्ने गरिएको छ । गत आर्थिक वर्षमा जिल्लामा २ हजार एक उद्योग दर्ता भएका थिए । आर्थिक वर्ष २०७६÷७७ मा जिल्लामा तीन हजार ५१५ उद्योग थपिएको थियो । 

दर्ता भएका उद्योगबाट  ३० लाख ४३ हजार राजश्व सङ्कलन भएको कार्यालयले जनाएको छ

कृषि र पशुपालनमा युवाको आकर्षण बढेसँगै कृषिसम्बन्धी उद्योग दर्तामा वृद्धि भएको कार्यालयका प्रमुख नारायणप्रसाद ढकालले बताउनुभयो । कोरोना भाइरस सङ्क्रमणका कारण वैदेशिक रोजगारीबाट फर्किएका युवाले गाउँमै उद्यम सुरु गरेका छन्, उहाँले भन्नुभयो, कृषि तथा वनजन्यतर्फ दुग्ध डेरी, गाईपालन, बाख्रापालन, कुखुरापालन, मौरीपालन, माछापालन, तरकारी खेतीतर्फ आकर्षण बढ्दो छ । जिल्लामा दर्ता भएका उद्योगले पाँच हजारभन्दा बढीलाई प्रत्यक्ष रोजगारी दिएका छन् । 

कार्यालयले सोही अवधिमा ३० लाख भन्दा बढी राजस्व सङ्कलन गरेको छ । दर्ता भएका उद्योगबाट  ३० लाख ४३ हजार राजश्व सङ्कलन भएको कार्यालयले जनाएको छ । एक लाखसम्म पुँजी भएको उद्योगले १ हजार १ सय, ३ लाखसम्म पुँजी भएको उद्योगले ३ हजार १००, ५ लाखसम्म पुँजी भएको उद्योगले  ६ हजार १००, रु ५० लाखसम्म पुँजी भएको उद्योगले  १२ हजार १०० , १ करोडसम्म पुँजी भएको उद्योगले  २० हजार १००, ५ करोडसम्म पुँजी भएको उद्योगले  ३० हजार १०० र ५ करोडभन्दा माथि पुँजी भएको उद्योगले  ५० हजार ११० दर्ताबापत शुल्क बुझाउनु पर्नेछ ।