२ मंसिर, २०८१ आइतबार

05:05:55 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

१० अर्बको विकास ऋणपत्र बिक्री गर्दै राष्ट्र बैंक

८ फागुन, २०७८

१० अर्बको विकास ऋणपत्र बिक्री गर्दै राष्ट्र बैंक

काठमाडौं
नेपाल राष्ट्र बैंकले “विकास ऋणपत्र २०८३ (च)“ नामक ऋणपत्र बिक्री गर्ने भएको छ । बैंकले १० अर्ब रूपैयाँ बराबरको ५ वर्ष अवधिको ऋणपत्र बिक्री गर्न लागेको हो । उक्त ऋणपत्रको व्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुने बैंकले जनाएको छ ।

उक्त ऋणपत्र खरिद गर्न चाहाने इच्छुक खरीदकर्ता प्रतिस्पर्धी र अप्रतिस्पर्धी रुपमा सहभागी हुन सक्नेछन् । प्रतिस्पर्धी खरीदकर्तालाई ८५ प्रतिशत र अप्रतिस्पर्धीका लागि १५ प्रतिशत छुट्याइएको छ। उक्त ऋणपत्र बैंक तथा वित्तीय संस्था,गैर–बैंक वित्तीय संस्था, बीमा कम्पनी,संगठित संस्था तथा नेपाली नागरिकले खरिद गर्न सक्नेछन् ।

खरिदकर्ताले राष्ट्र बैंकको राष्ट्र ऋण व्यवस्थापन विभागमा आवेदन दिनुपर्नेछ । ऋणपत्रको बोलकबोल फागुन ८ गते आइतबार अपरान्ह ३ बजेसम्म हुनेछ ।  उक्त ऋणपत्र फागुन ९ गते सोमबार निष्कासन हुनेछ ।  ऋणपत्रको साँवा २०८३ साल फागुन ९ गते भुक्तानी हुनेछ भने ब्याज भुक्तानी अर्धवार्षिक रुपमा हुने र आर्जित ब्याजमा ब्याजकर लाग्ने छ । यो ऋणपत्र धितो राखी कर्जा लिन/दिन पाइनेछ ।