४ जेठ, २०८१ शुक्रबार

07:35:37 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

कोका–कोला नेपालले ल्यायो ‘जिरो सुगर’ नयाँ कोका–कोला

८ फागुन, २०७८

कोका–कोला नेपालले ल्यायो ‘जिरो सुगर’ नयाँ कोका–कोला

काठमाण्डौं

कोका–कोला नेपालले ‘जिरो सुगर’को स्वादमा नयाँँ कोका–कोला बजारमा ल्याएको छ । अब नेपाली उपभोक्ताहरुले ‘नो क्यालोरी’ र ‘जिरो सुगर’ कोका–कोलाको स्वाद लिन सक्ने कम्पनीले जानकारी दिएको छ । आइकोनिकक्लासिक कोकको जस्तै स्वाद भएको यो नयाँँ कोका–कोला जिरो सुगर आकर्षक र नयाँँ बोल्ड प्याकेजिङमा बजारमा उपलब्ध गराएको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार व्यापकबजार परीक्षण र इन–हाउस इनोभेसन मार्फत बजारमा ल्याइएको कोका–कोला जिरो सुगर अझै शानदार प्याकेजिङ्ग र उत्कृष्ट स्वादको साथमा आएको छ । ‘नो सुगर’ पेय पदार्थ रुचाउने तर क्यालोरी नियन्त्रण गर्न चाहने मानिसहरुका लागि यो कोका–कोला अत्यन्तै उपयुक्त रहेको कम्पनीको दावी छ । 

लन्चको बारेमा बोल्दै कोका–कोलाका नेपाल कन्ट्री डाइरेक्टर आदर्श अवस्थीले भन्नुभयो, ‘हामी सदैव उपभोक्ताहरुको चाहना र आवश्यकता अनुसारको उत्पादनहरु नै बजारमा ल्याउने प्रयास गर्छौँ । यो नयाँँ स्वाद र नयाँँ प्याकेजिङ सहितको कोका–कोला जिरोे सुगरलाई विश्वभरी कै उपभोक्ताहरुले मन पराउन ुभएको छ र यसलाई नेपालमा पनि उपलब्ध गराउन पाउँदा हामीलाई खुशी लागेको छ । नेपाली उपभोक्ताहरुले पनि यो नयाँँ कोका–कोला मन पराइदिनु हुनेछ भन्ने हामीले विश्वास लिएका छौँ ।’

बोटलर्स नेपाल लिमिटेडका प्रबन्ध निर्देशक प्रदिप पाण्डेले भन्नुभयो, ‘आफ्नो व्यस्त जीवनशैलीलाई सुहाउने र स्वादमा सम्झौता गर्नु नपरी चिसो पेय पदार्थको आनन्द अनुभव गर्न चाहने समस्त युवा तथा अन्य उपभोक्ताहरुको लागि यो कोका–कोला अत्यन्तै उपयुक्त छ । संसारभरी नै अत्यन्त रुचाइएको यो कोका–कोलालाई नेपाली उपभोक्ताहरु सामु ल्याउन पाउँदा हामी उत्साहित छौँ ।’ नयाँँकोका–कोला ५०० मि.लि. र २५० मि.लि.मा नेपालभर उपलब्ध छ ।