२ जेठ, २०८१ बुधबार

03:07:19 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

बाल साहित्य महोत्सव भर्चुअल माध्यमबाट हुने

Nepal Business

७ फागुन, २०७८

रातो बंगला स्कुल, रातो बंगला फाउन्डेशन र रातो बंगला किताबले संयुक्त रुपमा हरेक वर्ष बाल साहित्य महोत्सव आयोजना गर्दै आएको छ।

बाल साहित्य महोत्सव भर्चुअल माध्यमबाट हुने

काठमाण्डौं
यस वर्षको बाल साहित्य महोत्सव भर्चुअल माध्यमबाट हुने भएको छ। यहि १३ देखि १५ फागुनमा आयोजना हुन लागेको महोत्सव पहिलो पटक भर्चुअल माध्यमबाट गर्न लागिएको आयोजकले जनाएको छ। रातो बंगला स्कुल, रातो बंगला फाउन्डेशन र रातो बंगला किताबले संयुक्त रुपमा हरेक वर्ष बाल साहित्य महोत्सव आयोजना गर्दै आएको छ।

यस वर्ष ‘सामाजिक भावनात्मक सिप विकासका लागि साहित्य’ भन्ने नारा दिइएको छ। तीन दिने महोत्सवमा हरेक दिन बाल साहित्यमा संलग्न साहित्यकार, लेखक र शिक्षाविद्ले बालबालिकासँग संवाद गर्नेछन्।

यस पटकको बाल साहित्य महोत्सवमा देश–विदेशका ख्यातिप्राप्त साहित्यकार तथा लेखकको सहभागिता रहने भएको छ। लेखक यशु श्रेष्ठ, प्रा.डा. क्याथलिन काम्पना, लेखक भिभियन भान्दे भेल्दे, कार्टुनिस्ट एवं इलुस्ट्रेटर जेनी क्याम्पबेल, लेखक तथा वैज्ञानिक जुली पालेस, लेखक जेन विल्सन–होवार्थ, लेखकरप्रशिक्षक अनुराधा, लेखक र सम्पादक प्रभा भट्टराई , लेखक हरिहर तिमिल्सिना, लेखक कल्पना पराजुली, रातो बंगला ग्रुप अफ इन्स्ट्यिुसनकी संस्थापक निर्देशक एवं बाल लेखक डा शान्ता दीक्षित सहित थुप्रै लेखक, साहित्यकार, शिक्षाविद्को सहभागिता हुने आयोजकले जनाएको छ।

महोत्सवमा लेखक, साहित्यकार, शिक्षाविद्सँगको संवादसँगै पुस्तक विमोचन तथा पुस्तकमा आधारित विभिन्न क्रियाकलाप गरिने भएको छ।