२ मंसिर, २०८१ आइतबार

05:32:41 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

नेपालमा कति छन् बैंक तथा वित्तीय संस्थाहरु ?

७ फागुन, २०७८

नेपालमा कति छन् बैंक तथा वित्तीय संस्थाहरु ?

काठमाण्डौं
मुलुकमा आर्थिक कारोबार गर्ने बैंक तथा वित्तीय संस्थाहरुलाई नेपाल राष्ट्र बैंकले इजाजत प्रदान गर्दछ । देशमा बैंक तथा वित्तीय संस्थाको रुपमा कारोबार गर्ने संस्थाले नेपाल राष्ट्र बैंकबाट स्वीकृति लिनु पर्छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था ऐन अन्तर्गत यि बैंकहरुलाई नियमन गरिरहेको हुन्छ ।

आर्थिक वर्ष २०७८ को पुस मसान्तसम्म नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाहरुको संख्या १ सय २९ वटा रहेका छन । यस मध्ये २७ वाणिज्य बैंक, १७ विकास बैंक, १७ वित्त कम्पनी, ६७ लघुवित्त वित्तीय संस्था र १ पूर्वाधार विकास बैंक सञ्चालनमा रहेका छन् ।  राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई वाणिज्य बैंक, विकास बैंक, वित्त कम्पनी र लघुवित्त वित्तीय संस्था गरी चार वर्गमा विभाजन गरेको हुन्छ । यसको अलवा नेपालमा एक पूर्वाधार विकास बैंक  रहेको छ ।

बैंक तथा वित्तीय संस्थाहरूको शाखा संख्या २०७८ असार मसान्तमा १० हजार ६ सय ८३ रहेकोमा २०७८ पुस मसान्तमा ११ हजार २ सय १५ पुगेको छ । कुल ७ सय ५३ स्थानीय तहमध्ये २०७८ पुससम्म ७ सय ५० स्थानीय तहमा वाणिज्य बैंकहरूका शाखा विस्तार भएका छन् ।

वित्तीय स्थायित्व सुदृढीकरण गर्ने उद्देश्यले राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था गाभ्ने÷गाभिने तथा प्राप्तिसम्बन्धी प्रक्रिया सुरु गराएपश्चात् २०७८ पुस मसान्तसम्म कुल २ सय ३९ बैंक तथा वित्तीय संस्थाहरू मर्जर÷प्राप्ति प्रक्रियामा सामेल भएका छन् ।

यसमध्ये १ सय ७७ संस्थाहरूको इजाजत खारेज हुन गई ६२ संस्था कायम भएका छन् ।  आर्थिक कारोबार गर्ने सहकारीलाई यसमा समाबेश गरिएको छैन । हालसम्म नेपालमा कुल ३५ हजारको हाराहारीमा सहकारी रहेको अनुमान गरिएको छ ।