३१ भदौ, २०८२ मंगलबार
02:46:12 PM
६ फागुन, २०७८
मुक्तिनाथ विकास बैंक लिमिटेडको १७ दशमलव ५७५ प्रतिशत बोनस सेयर शेयरधनीहरूको हितग्राही खातामा जम्मा
काठमाडौं
मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूको हितग्राही खातामा बोनस सेयर जम्मा गरेको छ ।बैंकले फागुन २ गतेदेखि सम्बन्धीत शेयरधनीहरूको हितग्राही खातामा बोनस सेयर जम्मा गर्न थालेको छ ।
बैंकको मंसिर २५ गते सम्पन्न भएको १५ औँ वार्षिक साधारण सभाले पारित गरेको १७ दशमलव ५७५ प्रतिशत बोनस सेयर बुक क्लोज हुनुभन्दा अघिल्लो दिनसम्म सेयर अभौतिकिकरण गराएका शेयरधनीहरुको हितग्राही खातामा जम्मा गरिएको बैंकले जनाएको छ । बैंकको सेयर रजिष्ट्रार मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।