२ मंसिर, २०८१ आइतबार

07:15:00 PM

https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

ग्रामिण विकास लघुवित्तले बोलायो साधारण सभा

६ फागुन, २०७८

साधारण सभा प्रयोजनका लागि कम्पनीले फागुन १७ गतेदेखि २८ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले फागुन १६ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम रहेका शेयरधनीहरूले मात्र सभामा भाग लिन सक्नेछन् ।

ग्रामिण विकास लघुवित्तले बोलायो साधारण सभा

काठमाडौं
ग्रामिण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले फागुन २८ गते सातौं वार्षिक साधारण सभा बोलाएको छ ।  फागुन २ गते बसेको कम्पनीको सञ्चालन समितिको बैठकले फागुन २८ गते साधारण सभा बोलाएको हो । उक्त सभाले कम्पनीको प्रधान कार्यालय बुटवलमा बिहान ११ बजेदेखि भर्चुअल गर्ने निर्णय गरेको हो ।

सभामा सञ्चालक समितिका तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०७७/२०७८ को वार्षिक प्रतिवेदन पारित गर्ने, लेखापरिक्षकको वार्षिक लेखापरिक्षण प्रतिवेदन, वासलात तथा नाफा नोक्सान हिसाब र सोही अवधिका नगद प्रवाह विवरण लगायतका संलग्न अनुसुचीहरु समेत वित्तीय विवरण पारित गर्ने, लेखापरिक्षकको नियुक्ती र पारिश्रमीक अनुमोदन गर्ने लगायतका प्रस्तावहरू पारित गरिनेछ ।