२१ बैशाख, २०८१ शुक्रबार

01:52:30 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

योजना आयोगका उपाध्यक्ष र बेलायती राजदुत निकोला पोलिटबीच छलफल

Nepal Business

५ फागुन, २०७८

कोभिड–१९ विरुद्धको नेपाल सरकारको खोप अभियानमा सघाउन संयुक्त अधिराज्यले हालै २१ लाख मात्राभन्दा बढी एस्ट्राजेनका खोप नेपाललाई उपलब्ध गराएको थियो ।

योजना आयोगका उपाध्यक्ष र बेलायती राजदुत निकोला पोलिटबीच छलफल

काठमाण्डौं

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेल र नेपालका लागि संयुक्त अधिराज्य बेलायतका राजदूत निकोला पोलिटबीच विकास साझेदारीबारे छलफल भएको छ ।

उपाध्यक्ष पौडेलको कार्यकक्षमा बिहीबार भएको छलफलमा नेपाल–संयुक्त अधिराज्य सम्बन्धका साथै विकास साझेदारी र भावी दिनमा हुने पारस्परिक सहयोगका विविध पक्षमा विचार–विमर्श भएको थियो ।

दुई सय वर्षभन्दा पुरानो नेपाल र संयुक्त अधिराज्यबीचको सम्बन्ध, उक्त देशबाट नेपालको सामाजिक–आर्थिक विकासमा प्राप्त सहयोग, जारी विकास परियोजनालगायत आपसी हित र चासोका विषयमा छलफल भएको छलफलमा सहभागी आयोगका सचिव केवलप्रसाद भण्डारीले बताउनुभयो ।

कोभिड–१९ विरुद्धको नेपाल सरकारको खोप अभियानमा सघाउन संयुक्त अधिराज्यले हालै २१ लाख मात्राभन्दा बढी एस्ट्राजेनका खोप नेपाललाई उपलब्ध गराएको थियो ।

नेपाल र संयुक्त अधिराज्यबीचको कूटनीतिक सम्बन्ध सबैभन्दा पुरानो हो । सन् १८१६ मा नेपाल र ब्रिटिश–भारतको तत्कालीन इष्ट इन्डिया कम्पनी सरकारबीच भएको सुगौली सन्धिसँगै दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना भएको हो ।