२ मंसिर, २०८१ आइतबार
08:16:50 PM
५ फागुन, २०७८
माछापुच्छ्रे बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा सर्जुकुमार थापा र विश्वम्भर यौपाने नियुक्त, नायव महाप्रबन्धकमा प्रसिद्धराज अर्याललाई बढुवा
काठमाडौं
माछापुच्छ्रे बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीइओ) मा सर्जुकुमार थापा र विश्वम्भर न्यौपाने नियुक्त हुनुभएको छ । माछापुच्छ्रे बैंकमा सहायक महाप्रबन्धकमा कार्यरत उहाँहरुलाई महाप्रबन्धक पदमा बढुवा गरीएको हो । साथै, नायव महाप्रबन्धक(डिजिएम) मा प्रसिद्धराज अर्याललाई बढुवा गरीएको छ ।
नायव प्रमुख कार्यकारी अधिकृत पदमा बढुवा हुनुभएका थापा र न्यौपानेसँग २ दशक भन्दा बढिको बैंकिङ्ग अनुभव रहेको छ । लामो समयसम्म माछापुच्छ्रे बैंकमा उच्च व्यबस्थापन तहमा रहेर कुशल नेतृत्व गर्नु भएको थापा व्यवस्थापकिय दक्षता भएका बहु बैंकिङ्ग ब्यवसायी मानिनुहुन्छ । सन् २००० बाट बैंकिङ्ग करियर सुरु गर्नुभएका थापासँग बैंक अफ काठमाण्डू तथा सानिमा बैंकमा काम गरेको अनुभव छ । साथै, न्यौपाने संचालन तथा जोखिम व्यवस्थापनमा अव्वल मानिनुहुन्छ ।
२००४ देखि माछापुच्छ्रे बैंकमा कार्यरत हुनुहुन्छ । उहासंग एभरेष्ट बैंक तथा एनआइसी बैंकमा विभिन्न भुमिकामा काम गरेको अनुभव छ । त्यस्तै नायव महाप्रबन्धक पदमा बढुवा हुनुभएका प्रसिद्धराज अर्यालसंग पनि बैंकिङ्ग क्षेत्रमा करिब दुई दशक जतिको अनुभव रहेकोे छ । उहाँसंग क्रेडिट व्यवसाय, ट्रेजरी, ब्रान्च अपरेसन, माइक्रो फाइनान्स लगायतका क्षेत्रमा काम गरेको राम्रो अनुभव रहेको छ ।