२ मंसिर, २०८१ आइतबार

08:17:08 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सक्कली र नक्कली नोट पहिचान कसरी गर्ने ?

५ फागुन, २०७८

सक्कली र नक्कली नोट पहिचान कसरी गर्ने ?

काठमाण्डौं
राष्ट्र बैंककले प्रकाशित गर्ने नोटमा दुई प्रकारका सुरक्षण चिन्ह प्रयोग गरेको हुन्छ । एउटा हामीसबैले देख्न सकिने (भिजिवल) र अर्को हामी सबैले देख्न नसकिने(इन भिजिवल) सुरक्षण चिन्हहरु रहेका हुन्छन् । तसर्थ भिजिवल हामी सबैले पहिचान गर्न सकिने र इनभिजिवल पहिचान गर्न नसकिने हुँदा कतिपय नक्कली नोट सर्बसाधारणबाट पहिचान हुन सक्दैन ।

प्रायशः नोटमा रहेका आँखाले देख्न सकिने केही विशेषताहरूको बारेमा पहिचान गरेर नोट सक्कली कि नक्कली भनेर छुट्याउन सकिन्छ । सक्कली नोटमा पानी छाप हुने गर्दछ जसलाई उज्यालोमा राखेर हेर्दा लालिगुराँस फूलको आकृति स्पष्ट रुपमा देखिन्छ । नक्कली नोटमा भने यसप्रकारको पानी छाप स्पष्ट रुपमा देखिँदैन ।

सक्कली नोटमा सुरक्षण धागो हुन्छ जसलाई उज्यालोमा राखेर हेर्दा स्पष्ट देखिन्छ । यसभित्र केही अक्षर लेखिएको हुन्छ तर यस धागोले कुनै पनि अक्षर छोपेको हुँदैन । नक्कली नोटमा भएको यस्तो धागोमा अक्षर छोपेको हुन सक्दछ ।

सक्कली नोटमा प्रयोग भएको कागज केही खस्रो हुन्छ र प्रिन्टको गुणस्तर पनि राम्रो हुन्छ । नक्कली नोटको कागज चिप्लो हुन्छ र प्रिन्टको गुणस्तर राम्रो हुँदैन । सक्कली नोटको रंग पानीमा भिज्दा पनि खुइलिँदैन, लत्पतिँदैन भने नक्कली नोट पानीमा भिज्दा रंग खुइलिन्छ तथा लत्पतिन्छ ।

पछिल्ला दिनहरुमा नक्कली नोट बजारमा पाइन थालेपछि नेपाल राष्ट्र बैंकले यस विषयमा थप निगरानी बढाइरहेको छ । बैंकले सामान्यतया आमनागरिकले पैसाको पहिचान गर्नुपर्ने र शंका लागेको खण्डमा सम्बन्धित निकायमा उजुरी गर्न अनुरोध गरेको छ ।