४ जेठ, २०८१ शुक्रबार

12:44:03 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

भुक्तानी सम्बन्धी वैदेशिक रोजगार बोर्ड र नेपाल क्लियरिङ्ग हाउसबीच सम्झौता

Nepal Business

५ फागुन, २०७८

भुक्तानी सम्बन्धी वैदेशिक रोजगार बोर्ड र नेपाल क्लियरिङ्ग हाउसबीच सम्झौता

काठमाण्डौं

वैदेशिक रोजगार बोर्ड र नेपाल क्लियरिङ्ग हाउसबीच भुक्तानी सम्बन्धी सम्झौता भएको छ । बोर्डले आफ्नो भुक्तानी सम्बन्धी कारोबारहरुलाई क्लियरिङ्ग हाउसको नेशनल पेमेन्ट इन्टरफेस (एनपीआइ) बाट गर्ने गरी सम्झौता भएको हो ।

उक्त सम्झौता पत्रमा वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजनकुमार श्रेष्ठ तथा एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले हस्ताक्षर गर्नुभयो । सम्झौता अनुसार रोजगार बोर्डले आफ्नो आन्तरिक भुक्तानी प्रणालीलाई नेशनल पेमेन्ट स्विच अन्तर्गतको प्रणालीसँग जोडी सोझै लाभग्राहीहरुको बैंक खातामा भुक्तानी गर्न सक्नेछ। 

रोजगार बोर्डका अनुसार यसले वैदेशिक रोजगारीमा अपाङ्गता अथवा मृत्यु भएका कामदारहरुको क्षतिपूर्तीको भुक्तानी, भेण्डर भुक्तानी, लगायत सम्पूर्ण भुक्तानीहरु पूर्ण स्वचालित रुपमा हुनेछ। 

यस सम्झौता अघि सम्पूर्ण भुक्तानी कारोबारहरु चेक मार्फत गरिने गरिन्थ्यो। यसले बोर्डको सेवा प्रवाहमा उल्लेख्य सुधार आउनुका साथै पीडित परिवारले सहज रुपमा भुक्तानी प्राप्त गर्न सक्नेछन्।

नेपाल सरकारले बैदेशिक रोजगार व्यवसायलाई प्रवद्र्धन गर्न, यो व्यवसायलाई  सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन तथा बैदेशिक रोजगारमा जाने कामदार र वैदेशिक रोजगार व्यवसायीको हकहित संरक्षण गर्ने प्रयोजनले बैदेशिक रोजगार बोर्डको स्थापना गरेको हो।