२ मंसिर, २०८१ आइतबार

08:18:31 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

एक्सेल डेभलपमेन्ट बैंकको सीईओमा डा. ईन्द्रकुमार कट्टेल नियुक्त

५ फागुन, २०७८

चैत २९ गतेदेखि लागू हुने गरी एक्सेल डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृतमा डा. ईन्द्रकुमार कट्टेल नियुक्त

एक्सेल डेभलपमेन्ट बैंकको सीईओमा डा. ईन्द्रकुमार कट्टेल नियुक्त

काठमाडौं
एक्सेल डेभलपमेन्ट बैंकको  प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा डा. ईन्द्रकुमार कट्टेल नियुक्त हुनुभएको छ । फागुन ३ गते बसेको बैंककोे सञ्चालक समितिको बैठकले डा. कट्टेललाई सीईओ पदमा नियुक्त गरेको हो ।

चैत २९ गतेदेखि लागू हुने गरी डा.कट्टेललाई सीईओमा नियुक्त गरेको बैंकले सार्वजनिक गरेको सुचनामा उल्लेख छ । कट्टेललाई आगामी ४ वर्षसम्मको लागि बैंकको सीईओ पदमा  नियुक्त गरिएको हो ।