२२ बैशाख, २०८१ शनिबार

07:24:33 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

करार शक्षिकलाई स्थायी नगर्न वद्यिार्थी संगठनको अपलि

Nepal Business

२४ मंसिर, २०७८

संयुक्त विद्यार्थी संगठनले विज्ञप्ति जारी गर्दै त्रिभुवन विश्वविद्यालयले करार शिक्षकलाई स्थायी गर्ने निणर्य तत्काल खारेज गर्नुपर्ने माग राखेको छ ।

करार शक्षिकलाई स्थायी नगर्न वद्यिार्थी संगठनको अपलि

केही दिन अगाडि त्रिभुवन विश्वविद्यालयले करार शिक्षकलाई स्थायीका लागि पारित गरेको निणर्य खारेज गर्न संयुक्त विद्यार्थी संगठनले माग गरेका छन् । आज बसेको संयुक्त विद्यार्थी संगठनको बैठकले अन्तरिक प्रतिस्पर्धाबाट भन्दै विश्वविद्यालयले गलत प्रकृया आपनाएको, जसले विश्वविद्यालयको गुणस्तर खस्किने भन्दै यस्तो प्रकृया रोक्न अपिल गरेको हो ।
संयुक्त विद्यार्थी संगठनले विज्ञप्ति जारी गर्दै त्रिभुवन विश्वविद्यालयले करार शिक्षकलाई स्थायी गर्ने निणर्य तत्काल खारेज गर्नुपर्ने माग राखेको छ । आन्तरिक प्रतिस्पर्धाको नाममा गरिने उक्त प्रक्रियाले विश्वविद्यालयको गुणस्तर खस्किने र गलत नजिर बस्ने भएकाले उक्त निणर्य कार्यान्वयन हुन नदिने र त्यसका निम्ति संयुक्त विद्यार्थी आन्दोलन शसक्त प्रतिरोधमा उत्रने चेतावनी दिएको छ ।
त्रिवि केन्द्रीय क्याम्पसमा भएको प्रदर्शनमा प्रहरी हस्तक्षेप र गिरफ्तारीको विद्यार्थी संगठनले खेद व्यक्त गरेको छ । विद्यार्थी आन्दोलनलाई एक्यवद्धता जनाउन संयुक्त विज्ञप्तिमा प्रदर्शनको तयारी गरेको जानकारी गराइएको छ । भोली शुक्रबार दिउँसो कीर्तिपुरमा प्रदर्शनसहित सभा गर्ने निणर्य बैठकले गरेको हो ।
संगठनले नर्सिङको भर्ना तत्काल खुलाउन माग गरेको छ । साथै चिकित्सा शिक्षा आयोगले निर्धारण गरेको शुल्कबाहेक थप शुल्क उठाउने मेडिकल कलेजलाई कारबाहीको माग गरिएको छ ।
संयुक्त विज्ञप्तिमा नेविसंघ अध्यक्ष, अनेरास्ववियु (क्रान्तिकारी)का अध्यक्ष, समाजवादी विद्यार्थी युनियनका अध्यक्ष, अखिल क्रान्तिकारीका अध्यक्ष, र अखिल छैठौंका अध्यक्षले हस्ताक्षर गरेका छन् ।