२ मंसिर, २०८१ आइतबार

08:15:38 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

आरएमडीसी लघुवित्तको सेयर बिक्रीमा, कति छ मूल्य ?

५ फागुन, २०७८

बैंक अफ काठमाडौंको स्वामित्वमा रहेको आरएमडीसी लघुवित्त वित्तिय संस्था लिमिटेडको १ लाख ४९ हजार ८ सय कित्ता सेयर बिक्रीमा

आरएमडीसी लघुवित्तको सेयर बिक्रीमा, कति छ मूल्य ?

काठमाडौं
बैंक अफ काठमाडौंको स्वामित्वमा रहेको आरएमडीसी लघुवित्त वित्तिय संस्था लिमिटेडको संस्थापक समूहको सेयर फागुन ५ गते बिहीबारदेखि बोलकबोल माध्यमबाट बिक्री खुल्ला गरिएको छ । बैंकले लघुवित्तको १ लाख ४९ हजार ८ सय कित्ता सेयर बोलकबोल माध्यमबाट बिक्री खुल्ला गरिएको हो ।

उक्त लघुवित्तको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ५ सय ४० रूपैयाँ तोकिएको छ । लगानीकर्ताले सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ । सेयरहरू खरिद गर्न इच्छुक विद्यमान संस्थापकहरूले न्युनतम २ हजार कित्तादेखि अधिकतममा सबै कित्ताका लागि चैत्र ९ गतेसम्म आवेदन दिन सक्नेछन् ।

बैंकले उक्त सेयर र निष्कासन तथा बिक्री प्रबन्धकमा बिओके क्यापिटल मार्केट लिमिटेडलाई नियुक्त गरेको छ । लगानीकर्ताहरूले बिक्री प्रबन्धक बिओके क्यापिटल मार्केट लिमिटेड, नक्साल, काठमाडौँमा आइपुग्ने गरी आवेदन पेश गर्नुपर्नेछ ।