२ मंसिर, २०८१ आइतबार
08:20:53 PM
५ फागुन, २०७८
बैंक अफ काठमाडौंको स्वामित्वमा रहेको छिमेक लघुवित्तको ६ लाख ६ हजार एक सय ४० कित्ता सेयर बिक्रीमा
काठमाडौं
बैंक अफ काठमाडौंको स्वामित्वमा रहेको छिमेक लघुवित्त वित्तिय संस्था लिमिटेडको संस्थापक समूहको सेयर फागुन ५ गते बिहीबारबाट बिक्री खुल्ला गरिएको छ। बैंक ले लघुवित्तको ६ लाख ६ हजार एक सय ४० कित्ता सेयर बोलकबोल माध्यमबाट बिक्री खुल्ला गरिएको हो ।
उक्त कम्पनीको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ६ सय रूपैयाँ तोकिएको छ । लगानीकर्ताले सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ । सेयरहरू खरिद गर्न इच्छुक विद्यमान संस्थापकहरूले न्युनतम २ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि चैत्र ९ गतेसम्म आवेदन दिन सक्नेछन् ।
बैंकले उक्त संस्थापक सेयर बिक्रीका लागि बिओके क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ । लगानीकर्ताहरूले बिक्री प्रबन्धक बिओके क्यापिटल मार्केट लिमिटेड, नक्साल, काठमाडौँमा आइपुग्ने गरी आवेदन पेश गर्नुपर्नेछ ।