३ जेठ, २०८१ बिहिबार

06:44:45 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

आईपीओ निष्काशनको तयारीमा रहेको नेष्डो समृद्ध लघुवित्तको कस्तो छ वित्तीय अवस्था ?

५ फागुन, २०७८

नेष्डो समृद्ध लघुवित्तको नाफा १८ दशमलव ८७ प्रतिशत र खुद व्याज आम्दानी १९दशमलव ०९ प्रतिशतले घट्यो

आईपीओ निष्काशनको तयारीमा रहेको नेष्डो समृद्ध लघुवित्तको कस्तो छ वित्तीय अवस्था ?

काठमाडौं
नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दस्रो त्रैमासम्मको वित्तिय विवरण  सार्वजनिक गरेको छ । लघुवित्तले सार्वजनिक गरेको वित्तिय विवरण अनुसार चालु आर्थिक बर्षको दोस्रो त्रैमासम्ममा कम्पनीको खुद नाफा १० करोड ७३ लाख ८६ हजार रुपैयाँ रहेको छ ।

यो नाफा रकम गत वर्षको सोही अवधिको तुलनामा १८ दशमलप ८७ प्रतिशतले घटेको हो । गत आर्थिक बर्षको सोही अवधिमा लघुवित्तले १३ करोड २३ लाख ७१ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । समिक्षा अवधिसम्म कम्पनीको खुद व्याज आम्दानी १९दशमलव ०९ प्रतिशतले घटेर १८ करोड ७५ लाख ७८ हजार रूपैयाँमा रहेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले २३ करोड १८ लाख ४४ हजार रूपैयाँ खुद व्याज आम्दानी गरेको थियो ।

दस्रो त्रैमासम्ममा लघुवित्तको सञ्चालन नाफा १८ दशमलव ८७ प्रतिशतले घटेर १७ करोड ४ लाख ५३ हजार रुपैयाँ पुगेको छ । गत आर्थिक बर्षको सोही अवधिमा लघुवित्तले २१ करोड १ लाख १२ हजार रुपैयाँ सञ्चालन नाफा आर्जन गरेको थियो ।

लघुवित्तको चुक्ता पूँजी १७ करोड २१ लाख २५ हजार रुपैयाँ रहेको छ भने जगेडा कोषमा ५४ करोड ३ लाख ८१ हजार रुपैयाँ जम्मा रहेको छ ।  कम्पनीले फागुन ११ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ८ करोड २८ लाख ७५ रुपैयाँ बराबरको ८ लाख २८ हजार ७ सय ५० कित्ता आईपीओ निष्कासन गर्न लागेको छ ।

जसमध्ये जारी पूँजीको ०दशमलव ५ प्रतिशत अर्थात १२ हजार ७ सय ५० कित्ता सेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात ४१ हजार ४ सय ३७ कित्ता सेयर सामूहिक लगानी कोषका लागि र  ७ लाख ७४ हजार ५ सय ३६ कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याइएको छ ।

लगानीकर्ताले उक्त आईपीओमा न्यूनतम १० कित्तादेखि १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । लघुवित्तको आइपीओमा छिटोमा फागुन १५ गते र ढिलोमा फागुन २५ गतेसम्म आवेदन दिन सकिनेछ । लघुवित्तको आईपीओ निष्काशन तथा बिक्री प्रवन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरु साथै मेरो सेयरबाट पनि आवेदन दिन सक्नेछन् । इक्रा नेपालले कम्पनीको आईपीओलाई  ‘इक्रा एनपी–आईआर) बीबी प्लस’ रेटिङ प्रदान गरेको छ। उक्त रेटिङले कम्पनीले समयमा वित्तीय दायित्व पूरा गर्न चुक्ने सम्बन्धमा मध्यम जोखिम रहेको देखाउँछ ।