२ मंसिर, २०८१ आइतबार

08:32:08 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

२ अर्बको लगानीमा चौथो केवलकार सञ्चालन हुँदै

४ फागुन, २०७८

 २ अर्बको लगानीमा चौथो केवलकार सञ्चालन हुँदै

कास्की
नेपालमा चौथो केवलकार अन्नपूर्ण केवलकार सञ्चालनमा आउने भएको छ । पोखराको पर्यटकीय आकर्षण रहेको सराङकोटमा केवलकार सञ्चालनमा आउन लागेको हो । यस केवलकार परियोजना पोखरा महानगरपालिकाले व्यवसायिक सञ्चालनमा ल्याउन भएको छ । 
फेवाताल किनारबाट ९ मिनेटदेखि १० मिनेटमा सराङकोट पुग्न सकिने अन्नपूर्ण केवलकार प्रालिका सिनियर अपरेशन अफिसर डीएन कायस्थले बताउनु भयो । केवलकारको कुल लम्बाई २.१६ किलोमिटर रहेको छ । 

केवलकारको कुल लम्बाई २.१६ किलोमिटर रहेको छ भने दुइतर्फी भाडा ७ सय रुपैयाँ तोकिएको छ ।

कायस्थले बताए अनुसार केवलकार दुइतर्फी भाडा ७ सय रुपैयाँ तोकिएको छ । केवककारमा कुल १७ वटा डब्बा रहेका छन् भने एउटा डब्बामा ८ जनाले यात्रा गर्न सक्दछन् । यसबाट प्रतिघण्टा ५ सय यात्रुले यात्रा गर्न सक्ने कम्पनीले बताएको छ । आउँदो शुक्रबारबाटै यात्रुहरुले टिकट काटेर यात्रा गर्न सक्ने कम्पनीले जनाएको छ ।

केवलकारको टप स्टेशनमा जिपलाइन, रक क्लाइमिङ, रेष्टुरेन्टसहितका सुविधा रहेका छन् । तल्लो स्टेशनमा समेत रेष्टुरेन्ट सुविधा हुने कायस्थले बताउनु भयो । टप स्टेशनबाट तल फेवातालसहित पोखराको दृश्य अवलोकन गर्न सकिने छ । टप स्टेशनबाट सामुन्नेमा हिमालहरु अवलोकन गर्न सकिने छ ।

पोखरा घुम्न आउने पर्यटकको बसाइलाई थप एक दिन लम्ब्याउन केवलकारले भूमिका खेल्ने अपेक्षा रहेको उहाँले बताउनु भयो । निर्माण सुरु भएको ५ वर्षको अवधिपछि निर्माण पूरा भएको हो ।