५ जेठ, २०८१ शनिबार

11:46:57 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

औद्योगिक वातावरण बन्न नसकेको उद्योगीहरुको गुनासो

Nepal Business

२३ मंसिर, २०७८

नेपालको निर्यात आयात अनुपात करिब १ः११, भएका उद्योगहरुको पनि संरक्षण गर्दैन सरकार किन ?

औद्योगिक वातावरण बन्न नसकेको उद्योगीहरुको गुनासो

 

कुल गार्हस्थ्य उत्पादनमा उद्योग क्षेत्रको योगदान १२.८ प्रतिशत छ । वार्षिक ४.१ प्रतिशतको वृद्धि भए पनि उद्योगधन्दा अझै फस्टाउने वातावरण बनेको छैन । यसको निर्यात आयात हेर्दा आयातले बृद्धि उच्चदरमा बढिरहेको छ । औद्योगिक क्षेत्र कमजोर बन्दै जाँदा सरकारले पुँजीगत खर्चसमेत गर्न सकिरहेको छैन । आव २०७८/७९ को पहिलो चार महिनामा जम्मा ४ं.९ प्रतिशतमात्र खर्च हुनुले पुष्टि गर्दछ ।

आयातमुखी अर्थतन्त्र हावी हुँदा औद्योगिक वातावरण बन्न नसक्दा उद्योगीहरू उद्योगमा लगानी घटाउँदै विदेशी सामान आयात गर्न तल्लीन भएका छन । भएका उद्योग पनि धराशायी हुदै गइरहेका छन् । उद्योगीहरूले उद्योगको लागत बढी हुँदा विदेशी सामान आयात गर्नु परेको बताइरहेका छन् । औद्योगिक लागत न्यूनीकरणमार्फत औद्योगिकीकरणमा जोड दिनुुपर्ने उद्योगी व्यवसायीहरूको माग छ । उत्पादन लागत, वित्तीय लागत, उद्योगको प्रशासनिक खर्च र कर लागत कटौतीमार्फत औद्योगिकीकरण गर्दा उद्योगले राहत पाउँथे । उद्यमीहरुका अनुसार ऊर्जा लागत, जग्गा, श्रम लागत, ब्याजदर, तरलता व्यवस्थापन, परियोजनाको वित्तीय एवं उत्पादन व्यवस्थापनमा कटौती गर्न आवश्यक छ ।

पछिल्लो समय सरकार, निजी क्षेत्र सबैले औद्योगिक विकासको कुरा गरे पनि औद्योगिक विकास हुन सकेको छैन । अहिले पनि उद्योग गर्ने वातावरण मुुलुकभित्र बन्न नसकेको गुुनासो आम उद्यमीहरुको छ । नेपालको उत्पादन क्षमता पाकिस्तान पछाडि दक्षिण एसियामै अत्यन्त कमजोर रहेको उद्यमीले बताइरहेका छन् ।