२ जेठ, २०८१ बुधबार

11:53:54 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सिटिजन्स बैंकका ग्राहकहरुलाई हंग्रीफास्ट फुडको सबै सेवा सुविधामा १५ प्रतिशत छुट

४ फागुन, २०७८

सिटिजन्स बैंकका ग्राहकहरुलाई हंग्रीफास्ट फुडको सबै सेवा सुविधामा १५ प्रतिशत छुट

काठमाण्डौं

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र हंग्री फास्ट फुड निजगढबीच छुट सम्बन्धी सम्झौता भएको छ । सो सम्झौता अनुसार बैंकका कार्डबाहकहरुले हंग्रीफास्ट फुडको सबै सेवा सुविधामा १५ प्रतिशत छुट पाउने बैंकले विज्ञप्ती मार्फत जानकारी दिएको हो । 

यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ। हालसम्म सिटिजन्सको कार्ड नभएका ग्राहकहरुलाई पनि तत्कालै नयाँ कार्ड उपलब्ध गराउन बैंकले इन्स्ट्यान्ट कार्डको व्यवस्था पनि गरेको छ।

मोबाइल बैकिङमार्फत खानेपानी, बिजुली तथा इन्टरनेटको बिल भुक्तानी, प्रिपेड तथा पोष्टपेड मोबाइल बिल भुक्तानी जस्ता सुविधा बैंकले प्रदान गर्दै आएको छ। बैंकले हालसालै मोबाइलबाट कार्डलेस विथड्रल सेवा पनि सुरु गरेको छ। यो सुविधा मार्फत बैकका मोबाइल बैंकिङ सुविधा लिएका ग्राहकहरुले विनाकार्ड एटीएमबाट पैसा निकाल्न सक्नेछन्।

यसबाहेक बैकले मोबाइलबाटै मुद्दती खाताको आवेदन दिन सकिने व्यवस्थासमेत गरेको छ। बैंकले देशैभरि फैलिएका आफ्ना १७४ वटा शाखा, १२३ वटा एटीएम र ९२ वटा शाखारहित बैंकिङ ईकाईबाट करिब १३ लाख ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ।