२ जेठ, २०८१ बुधबार

02:43:39 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

लुम्बिनीमा एभरेष्टका ५ शाखा सञ्चालनमा

Nepal Business

४ फागुन, २०७८

लुम्बिनीमा एभरेष्टका ५ शाखा सञ्चालनमा

काठमाण्डौं

एभरेष्ट बैंक लिमिटेडले लुम्बिनीको पाँच ठाँउमा  आफ्ना नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले खैरेनी, योगीकुटी, मणिग्राम,, जीतपुर र मुर्गियामा आफ्ना नयाँ शाखाहरु सञ्चालनमा ल्याएको हो । उक्त शाखाहरुको उद्घाटन एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ र सम्बन्धित वडाका वडाध्यक्षले संयुक्त रुपमा गर्नुभएको हो। 

प्रमुख कार्यकारी अधिकृत खालिङले नयाँ शाखाहरुले लुम्बिनी प्रदेशका बासिन्दालाई अत्याधुनिक तथा गुणस्तरीय बैंकिङ सेवा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो । बैंकमा हालसम्म करिब १२ लाख ग्राहकहरु रहेका छन्।

देशैभर ११० शाखा सञ्जाल, प्रादेशिक कार्यालय, १४३ एटीएमसहित विश्वव्यापी नेटवर्कबाट बैंकले अत्याधुनिक मोबाइल र इन्टरनेटर एसएमएस बैकिङ सुबिधा प्रदान गर्दै आइरहेको छ। बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३१ वटा संकलन केन्द्रबाट समेत सेवा दिँदै आएको छ।