२ मंसिर, २०८१ आइतबार
08:34:25 PM
४ फागुन, २०७८
काठमाण्डौं
नेपालको प्रतिष्ठित बेभरेज कम्पनी यती ब्रअुरीले नयाँ ब्राण्डको बियर यती ब्लण्ड बजारमा ल्याएको छ । हाललाई ३५० मिलिलिटर र ६५० मिलिलिटरको बोटलमा उपलब्ध हुने कम्पनीले जनाएको छ । नयाँ ब्राण्डको यस बियरको बजार मूल्य क्रमशः १८० र ३५० रुपैयाँ रहेको बताइएको हो । स्पिरिट अफ द माउन्टेन्स’ स्लोगन बोकेको यस नौलो उत्पादन एक प्रिमियम क्राफ्ट बियर भएको बताइएको छ ।
बियर उत्साहीहरूलाई लक्षित गरिएको यती ब्लण्ड बियरले हिमाली आभास झल्काउने र नेपालको क्राफ्ट बियर उद्योगमा नौलो फड्को ल्याउने कम्पनीको उदेश्य रहेको छ । कम्पनीका अनुसार यो क्राफ्ट बियर उत्कृष्ट हप्स, माल्टेड जौ, यिस्ट र प्राकृतिक हिमाली पानीबाट तयार परिएको छ ।
यति ब्लण्ड प्रिमियम क्राफ्ट बियरमा अल्कोहलको मात्रा ५.२ प्रतिशत रहेको कम्पनीले जनाएको छ ।