२ जेठ, २०८१ बुधबार

08:58:49 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

घुन्साखोला जलविद्युत आयोजनामा लगानी गर्न एनएमबी बैंक र रेमिट हाइड्रोबीच सम्झौता

Nepal Business

४ फागुन, २०७८

 घुन्साखोला जलविद्युत आयोजनामा लगानी गर्न एनएमबी बैंक र रेमिट हाइड्रोबीच सम्झौता

काठमाण्डौं

एनएमबी बैंक लिमिटेड र रेमिट हाइड्रो लिमिटेडबीच घुन्साखोला जलविद्युत आयोजनामा लगानी गर्नेसम्बन्धी सम्झौता भएको छ । जनताको जलविद्युत कार्यक्रममा समावेश भएको ७७.५ मेगावाट क्षमताको ताप्लेजुङमा अवस्थित घुन्साखोला जलविद्युत आयोजना रेमिट हाइड्रो लिमिटेडद्वारा प्रवर्द्धित आयोजना हो । 

यस आयोजनाको लागत कुल लागत १८ अर्ब २५ करोड रुपैयाँ रहने छ । बैंकले हालसम्म ४६ वटा जलविद्युत आयोजनाहरुमा लगानी गरिसकेको छ ।

बैंकका अनुसार अन्य बैंक तथा वित्तीय संस्थाहरुलाई समेत सामेल गराई सह—वित्तीयकरण गठन गरी अयोजनाको वित्तीय व्यवस्थापन गरिने छ। रेमिट हाइड्रोको मुख्य लगानीकर्ता हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड तथा रेमिट्यान्सकर्ताहरु लगानी रहने छ ।