३ जेठ, २०८१ बिहिबार

05:21:32 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

ग्लोबल आइएमई बैंकले पनि सिआस्वा शुल्क लिने, कुन कुन छन् निःशुल्क आस्वा सुविधा दिने बैंक

४ फागुन, २०७८

ग्लोबल आइएमई बैंकले पनि सिआस्वा शुल्क लिने, कुन कुन छन् निःशुल्क आस्वा सुविधा दिने बैंक

काठमाडौं
ग्लोबल आइएमई बैंकले आज (बुधबार) देखि लागु हुने गरी आस्वा शुल्क लिने भएको छ । बैंकले एक सूचना जारी गर्दै फागुन ४ गतेदेखि लागु हुने गरी  धितोपत्र खरिद (सार्वजनिक निष्कासन) मा प्रति आवेदन १५ रुपैयाँ शुल्क लाग्ने बताएको छ । बैंकले आजबाट निष्काशन भएको राष्ट्र उत्थान लघुवित्तको आईपीओलाई मध्यनजर गर्दै शुल्कको शुरुवात गरेको हो ।

आजबाट राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको ८ करोड ५० लाख रूपैयाँ बराबरको ८ लाख ५० हजार कित्ता आईपीओ निष्काशन भएको छ । अहिले नेपालमा जम्मा ४ वटा वाणिज्य बैंकहरूले मात्र निशुल्क सी–आस्वा सेवा प्रदान गरिरहेका छन् । निःशुल्क आस्वा सुविधा दिने बैंकमा मेगा बैंक, नबिल बैंक, राष्ट्रिय वाणिज्य बैंक र एनआईसी एसिया बैंक रहेका छन् ।