४ जेठ, २०८१ शुक्रबार

09:04:34 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

शाओमीको नयाँँ आधिकारिक स्टोर ईटहरीमा

Nepal Business

४ फागुन, २०७८

शाओमीको नयाँँ आधिकारिक स्टोर ईटहरीमा

काठमाण्डौं

ग्लोबल टेक्नोलोजी लिडर शाओमीले सुनसरीको ईटहरीमा आफ्नो आधिकारिक स्टोर सञ्चालनमा ल्याएको छ । अरुण एण्ड ब्रदर्स प्रा.लि.सँग सहकार्य गरेर धरान रोडस्थित गोर्खा डिपार्टमेन्ट स्टोर नजिकै रहेको जय नेपाल होटलको भवनमा शाओमीले आफ्नो नयाँँ स्टोर खोलेको हो ।

आफ्नो स्टोरहरुको संख्या दोब्बर बनाउने उद्धेश्य सहित ब्राण्डले नेपालभरि नयाँँ र आधुनिक स्टोरहरु खोल्ने योजना बनाएको छ । शाओमी नेपालका कन्ट्री जेनेरल म्यानेजर सौरभ कोठारीले भन्नुभयो, ‘यो नयाँँ स्टोर खुलेपछि हाम्रा ग्राहकहरुलाई किनमेल गर्न अझ धेरै सजिलो हुनेछ र सँग–सँगै हाम्रो सिमलेस अफलाइन नेटवर्क विस्तार गर्ने उद्धेश्य पनि पुरा हुनेछ । हामीलाई आशा छ हाम्रा ग्राहकहरु हाम्रो यो नयाँँ स्टोरमा आउनुहुनेछ र हाम्रो नयाँँ–नयाँँ उत्पादनहरु मन पराउनुहुनेछ ।’

यो मोडलले नेपालमा नयाँँ र आधुनिक स्टोरहरु खोल्दै ग्राहकहरुलाई उच्चतम सुविधा प्रदान गर्ने शाओमीको उत्साह झल्काउँछ । यो नयाँँ स्टोरमा सप्लाई चेन म्यानेजमेन्ट, उत्पादनको उपलब्धता र डेलिभरी मेजरहरु जस्ता सम्पूर्ण रिटेलको कामहरु मुख्य ब्रान्डको मातहतमा इन्टिग्रेट हुनेछन् । 

यी शाखाहरुको सम्पूर्ण रिटेल प्रक्रियाहरु शाओमी नेपालले हेर्ने हुनाले ब्रान्डको पारदर्शीता कायम हुन्छ । जसको फलस्वरुप साओमिको ग्राहकहरुले थुप्रै फाईदाहरु लिन सक्नेछन् । रिटेल प्रकृयाको हरेक चरणमा उनीहरुले ब्रान्डसँग सिधै अन्तरक्रिया  गर्न पाउनेछन् । यसले गर्दा ग्राहक र ब्रान्डको सम्बन्ध अझै घनिष्ठ हुने कम्पनीले जनाएको छ ।