२ जेठ, २०८१ बुधबार

07:30:26 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

महालक्ष्मी विकास बैंकले सार्वजनिक गर्यो महालक्ष्मी बचत वृद्धि खाता

४ फागुन, २०७८

महालक्ष्मी विकास बैंकले सार्वजनिक गर्यो महालक्ष्मी बचत वृद्धि खाता

काठमाडौं
“सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २७ वर्ष देखि अनवरत रुपले सरल, सहज र गुणस्तरिय वित्तिय सेवा प्रदान गर्दै आईरहेको महालक्ष्मी विकास बैंकले नेपाली नागरिकलाई लक्षित गरेर नयाँ बचत योजना महालक्ष्मी बचत वृद्धि खाता सार्वजनिक गरेको छ ।

५१ रुपियाँमा नै खाता खोल्न मिल्ने ‘महालक्ष्मी बचत वृद्धि खाता’ मा दैनिक मौज्दातमा ८.५५ प्रतिशत व्याज गणना गरी मासिक रूपमा भुक्तानी गरिने बैंकले जनाएको छ । साथै, यो योजना अन्तगर्त खाता खोल्ने ग्राहकहरुको ५ लाख रुपियाँको दुर्घटना मृत्यु बीमा गरिने पनि बैंकले जनाएको छ ।

यो योजनामा खाता खोल्ने ग्राहकहरुले निःशुल्क अन्तर शाखा कारोबार, निःशुल्क मोबाईल बैंकिङ सुविधा, निःशुल्क अनलाइन बैंकिङ सुविधा, निःशुल्क भिसा डेबिट कार्ड, लकरको वार्षिक शुल्कमा ५०% छुट, निःशुल्क मेरो सेयर सिआस्वा तथा निःशुल्क डिम्याट खाता जस्ता आकर्षक सुविधाहरु प्राप्त गर्ने छन् ।

विगत देखिनै ग्राहक महानुभावहरुको आम्दानीमा उच्च प्रतिफल दिन प्रतिवद्घ रहिआएको बैंकले आम ग्राहक महानुभावहरुको बैंकिङ्ग आवश्यकता, चाहना तथा अपेक्षलाई मध्यनजर गर्दै महालक्ष्मी बचत वृद्धि खाता संचालनमा ल्याएको हो । यो खाता देशैभर छरिएर रहेका १०३ शाखाहरु मार्फत खोल्न सकिने छ ।

यस बैंकले प्रदेश नं १ मा ५, प्रदेश नं २ मा १५, बाग्मती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णाली प्रदेशमा २ र सुदुरपश्चिम प्रदेशमा १७ वटा गरी कुल १०३ वटा शाखाहरु मार्फत करिब ६ लाख गहकहरुलाई उच्चस्तरिय वित्तिय सेवाहरु सरलिकृत तवरले प्रदान गर्दै आईरहेको छ ।