४ जेठ, २०८१ शुक्रबार

08:42:10 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सञ्चालनमा आयो ‘भेषभूषा डटकम’

४ फागुन, २०७८

सञ्चालनमा आयो ‘भेषभूषा डटकम’

काठमाण्डौं

सौन्दर्य, फेसन र जीवनशैलीसँग सम्बन्धित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्राण्डहरु पाइने इ–कमर्स ब्राण्ड हब ‘‘भेषभूषा डटकम’ सञ्चालनमा आएको छ । राजधानीमा आयोजित एक कार्यक्रमकाबीच महानायक राजेश हमालले  ‘भेषभूषा डटकम’को उद्घाटन गर्नुभएको हो । 

स्वदेशी तथा विदेशी प्रख्यात ब्राण्डका सौन्दर्य, फेसन र जीवनशैलीसँग सम्बन्धीत सामान बिक्री गर्ने लक्ष्यसहित भेषभूषा सञ्चालनमा आएको कम्पनिका अध्यक्ष दिपक पाण्डे जानकारी दिनुभयो । 
कम्पनीका अध्यक्ष पाण्डेले तत्कालका लागि काठमाडौं उपत्यकामा मात्रै सेवा उपलब्ध भए पनि ४ महिनाभित्र देशका प्रमुख ७ शहरमा सेवा उपलब्ध गराइने बताउनु भयो । 

यस्तै केही वर्षभित्र विदेशमा पनि नेपाली सामान अनलाइन प्लेटफर्म मार्फत पु¥याइने उहाँले दाबी गर्नुभयो । विदेशी ब्राण्ड नेपालीलाई उपलब्ध गराउने मात्रै होइन स्वदेशी ब्राण्ड विदेशमा पनि पु¥याउने भेषभूषाको लक्ष्य रहेको उहााको भनाई छ  ।

नविनतम् शैली र सेवाहरु मार्फत ग्राहकहरुको सोच, आवश्यकता र चाहनाअनुरुप खरिद, बिक्री र परामर्शको एकीकृत संञ्जालमार्फत गुणस्तरीय सामानहरुलाई उत्कृष्ट बिक्री माध्यम तथा विश्व स्तरीय अत्याधुनिक सेवा प्रणाली मार्फत् उपभोक्ताहरूसँग जोडिने भेषभूषाका प्रबन्ध निर्देशक अनिल बन्जराले बताउनुभयो  । 

कम्पनीका अनुसार देशैभरि सौन्दर्य तालिम तथा प्रतियोगिता, पहिरनसँग जोडिएर आउने सिप र व्यक्तित्व निखारताको परामर्श सेवा सँग–सँगै अन्य थुप्रै रचनात्मक प्रयासहरु सहित देशैभरि आफ्नो सेवा क्षेत्र विस्तार गर्दै सौन्दर्य, फेशन र जीवन शैलीका नयाँ–नयाँ ज्ञान र विकसित नविनतम् शैलीहरु बारे सचेत तुल्याउँदै आम उपभोक्ताहरुको जीवन थप सभ्य र भब्य बनाउन सहयोग पु¥याउँदै अगाडि बढ्ने छ । 

भेषभूषा डटकमकी प्रमुख कार्यकारी अधिकृत(सीईओ) तृष्णा आचार्यका अनुसार विश्व प्रख्यात ब्राण्डहरुको नेपालमा पहिलो डिजिटल प्लेटफर्मको सुरुवात भएको हो । भेषभूषा डटकमको अनलाइन र अफलाइन सेवा संयन्त्र मार्फत खरिद, परामर्श र अन्तरक्रियाको काम पनि हुने सीईओ आचार्यले बताउनुभयो । 

हुलास वेलनेस, केटीएम क्वीन्स, गोल्ड स्टार, इमेज लगायतका नेपाली १६ वटा र अन्तर्राष्ट्रिय एडिडास, लिभाइज, रिवोक, पिक लगायतका १८ वटा ब्राण्ड गरी सुरुवातमा ३४ वटा ब्राण्डका सामान बिक्री गर्ने जनाइएको छ । जहाँ २१ प्रकारका फेसन सम्वन्धी, ४  प्रकारका लाइफस्टाइल सम्वन्धी र ९ वटा ब्राण्ड ब्युटीसँग सम्वन्धित रहेका छन् ।