२ जेठ, २०८१ बुधबार

07:01:17 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

एभरेष्ट बैंकको ऋणपत्र बाँडफाँड, यसरी हेर्नुहोस् रिजल्ट

४ फागुन, २०७८

एभरेष्ट बैंकको ऋणपत्र बाँडफाँड, यसरी हेर्नुहोस् रिजल्ट

काठमाडौं
एभरेष्ट बैंकको ऋणपत्र बाँडफाँड भएको छ । बैंकले माघ ३ गतेदेखि माघ १७ गतेसम्म ऋणपत्र निष्काशन तथा बिक्री खुला गरेको थियो । बैंकले प्रक्तिकित्ता १ हजार रुपैयाँ अंकित २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता ऋणपत्र निष्काशन गरेको थियो ।

बैंकले निष्काशन गरेको कुल २० लाख कित्ता ऋणपत्रमध्ये बैंकले व्यक्तिगत रुपमा विभिन्न संघ संस्थालाई १२ लाख कित्ता र सर्वसाधारणका लागि ८ लाख कित्ता  बिक्री गरेको थियो ।  सर्वसाधारणको लागि छुट्याईएकोमध्ये ५ प्रतिशत अर्थात् ४० हजार कित्ता सामुहिक लगानी कोषहरुको लागि छुट्याईएको थियो ।

बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । कम्पनीको सञ्चालक समितिले सो अवधिभर रितपूर्वक प्राप्त भएका आवेदनहरूबाट ८ लाख ५६ हजार ७ सय ८३ कित्ता ऋणपत्र फागुन ३ गते बाँडफाँड गरिएको बैंकले जनाएको छ । बैंकको ऋणपत्रको रिजल्ट सीडीएस एण्ड क्लियरिङ्गको https://meroshare.cdsc.com.np/#/login बाट हेर्न सकिनेछ ।