५ जेठ, २०८१ शनिबार

09:55:44 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

लघु,घरेलु तथा साना उद्योग ७० प्रतिशत बढ्यो

Nepal Business

२३ मंसिर, २०७८

आर्थिक वर्ष ०७६/७७ मा १ खर्ब ११ अर्ब १५ करोड ९४ लाख ७ हजार रुपैयाँ लगानीका ४८ हजार ८ सय ५४ वटा यस्ता उद्योग दर्ता भएका छन । यो संख्या आर्थिक वर्ष ०७७/७८ मा बढेको हो । यस अनुसार एक खर्ब ८५ अर्ब २० बरोड ५५ लाख ४ हजार रुपैयाँ लगानीका ८३ हजार ३ सय ८६ वटा उद्योग दर्ता भएको विभागको तथ्यांक छ ।

लघु,घरेलु तथा साना उद्योग ७० प्रतिशत बढ्यो

 

कोरोनाको दोस्रो संक्रमण लहरमा कमि भएसँगै लघु, घरेलु तथा साना उद्योगमा लगानी उत्साहजनक रुपमा बृद्धि भएको देखिएको छ । यस किसिमका उद्योग दर्ता गर्ने संख्या पनि ७० प्रतिशत बढेको उद्योग विभागको तथ्यांकले बताइरहेको छ ।

आर्थिक वर्ष ०७६/७७ मा १ खर्ब ११ अर्ब १५ करोड ९४ लाख ७ हजार रुपैयाँ लगानीका ४८ हजार ८ सय ५४ वटा यस्ता उद्योग दर्ता भएका छन । यो संख्या आर्थिक वर्ष ०७७/७८ मा बढेको हो । यस अनुसार एक खर्ब ८५ अर्ब २० बरोड ५५ लाख ४ हजार रुपैयाँ लगानीका ८३ हजार ३ सय ८६ वटा उद्योग दर्ता भएको विभागको तथ्यांक छ ।

हाल अर्थतन्त्रलयमा आउँदै गरेकाले साना उद्योग दर्ता गर्नेहरु बढेको विभागका सूचना अधिकारीले जानकारी दिए । लकडाउनले धेरै उद्योग बन्द रहे । यसले अर्थतन्त्रमा पनि असर पर्‍यो । यसबीचमा सरकारले उद्योगहरुका लागि राहतका प्याकेज ल्यायो जसले गर्दा साना उद्योगमा लगानी बढन गयो ।

सरकाले लिएका कार्यक्रम उद्योगमैत्री भएकाले उद्योग दर्ता गर्ने क्रम बढेको विभागका सूचना अधिकारीले बताए । प्रदेश सरकारहरुले पनि उद्योलाई छुट सुविधा दिएकाले साना उद्योगमा लगानीको आकर्षण बढेको हो ।