३ जेठ, २०८१ बिहिबार

02:44:06 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

१७ प्रतिशत ब्याजदर तोक्न विभागलाई सुझाव

Nepal Business

३ फागुन, २०७८

१७ प्रतिशत ब्याजदर तोक्न विभागलाई सुझाव

काठमाण्डौं
राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मीनराज कँडेलले सन्दर्भ ब्याजदर बढाउन विभागलाई सुझाव दिनु भएको छ। महासंघको तर्फबाट पत्र लेख्दै तीन दिनभित्र सहकारीको सन्दर्भ ब्याजदर १७ प्रतिशत तोक्न सुझाव दिइएको उहाँले जानकारी दिनुभयो। 

शुक्रबारभित्र १७ प्रतिशतबाट नघट्ने गरी सन्दर्भ ब्याजदर तोक्न विभागलाई दिइएको पत्रमा उल्लेख छ। अध्यक्ष कडेलसहित महासंघको टोलीले सहकारी विभागका रजिष्ट्रार रुद्रप्रसाद पण्डितलाई आज भेटी यस्तो सुझाव दिएको हो । सहकारीमा सन्दर्भ ब्याजदरको नाममा क्यापिङ गरिँदा संस्थाहरुको कारोबारमा नै गम्भीर असर पर्न गई संस्था व्यवस्थापन गर्न कठिन भएको पत्रमा उल्लेख गरिएको छ । 

पत्रमा सहकारी संघ संस्थाको आधार ब्याजदरमा बढीमा ६ प्रतिशतसम्म प्रिमियम लिन पाउने व्यवस्था गर्न समेत सुझाव दिइएको छ ।