४ जेठ, २०८१ शुक्रबार

10:54:25 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

कोकाकोलाको ७ औँ मः मः उत्सव शुरु

Nepal Business

३ फागुन, २०७८

कोकाकोलाको ७ औँ मः मः उत्सव शुरु

काठमाण्डौं

कोकाकोला कम्पनीले मःमः महोत्सवको सातौँ संस्करणको सुरुवात गरेको छ । विगत ६ वर्षसम्मको लगातारको सफलता पछि कोका–कोलाले यो वर्ष पनि मोःमोत्सवको सातौँ संस्करणको शुरुवात गरेको हो । 

कोका–कोला मःमः मोत्सव विश्वव्यापी कोक र खाजाको परम्पराको नेपाली संस्करण हो जसमा नेपालीहरुको प्रिय खाजा मःम र प्रिय पेय पदार्थ कोकको स्वादलाई सेलेब्रेट गरिन्छ। यो क्याम्पेनको लागि कोका–कोलाले हजारभन्दा बढी रेस्टुरेन्ट अन्य खाजा घरहरुसँग सहकार्य गर्दै आफ्ना उपभोक्ताहरुलाई कम्बो अफर र विशेष छुट प्रदान गर्दै आएको छ। कोका–कोला मःमः मोहत्सव क्याम्पेन हरेक अंग्रेजी वर्षको शुरुवातमा आयोजना गरिन्छ र यो वर्ष फेब्रुअरी १४ बाट अप्रिल ५ सम्म यो क्याम्पेन हुने कम्पनीले जानकारी दिएको हो । 

क्याम्पेनको बारेमाबोल्दै कोका–कोला नेपालका कन्ट्री डिरेक्टर आदर्श अवस्थीले भन्नुभयो, ‘विश्वव्यापी रुपमा हामीले सञ्चालन गरिरहेको कोक एन्ड मील्सको अवधारणालाई नेपालमा स्थानीयकरण गर्न हामीले ७ वर्षअघि कोका–कोला मःम माहत्सव शुरु गरेका थियौँ । सातौँ वर्षसम्म आइपुग्नको लागि हाम्रो उपभोक्ताहरुले दिनुभएको माया र साथको लागि हामी आभारी छौँ । यो क्याम्पेन भरि हामीले कोक र नेपालीहरुको मन पर्ने खाजा मःमसँग सम्बन्धित विभिन्न कार्यक्रमहरु सञ्चालन गर्ने छौँ ।’

यस्तै बोटलर्स नेपालका प्रबन्ध निर्देशक प्रदीप पाण्डेले भन्नुभयो,‘हामी कोका–कोला र नेपालीहरुको सबैभन्दा मन पर्ने खाजामःमको संयोजनको बेजोड स्वादलाई सेलेब्रेट गर्न शुरु गरिएको कोका–कोला मःमः मोहत्सव क्याम्पेनको सातौँ संस्करण मनाउँदै छौँ । यस वर्षको स्लोगन कोक प्लस मःम स्वादको रियल म्याजिकले भने जस्तै कोक र मःमको बेजोड स्वादसँगै हामी हाम्रा उपभोक्ताहरुसँग अझै नजिक हुने आशा गर्दछौँ ।’

यस योजनाका ब्राण्ड एम्बेसडर तथा अभिनेत्री प्रियंका कार्की र स्वस्तिमा खड्का काठमाडौंका विभिन्न रेष्टुरेन्टहरूमा जाने कार्यक्रम रहेको कम्पनीले जनाएको छ । जसले गर्दा कोक र मःमखाने उपभोक्ताहरुले प्रियंका र स्वस्तिमालाई भेट्ने तथा उहाँहरुसँग फोटो खिच्ने मौका पाउन सक्ने छन्।