८ मंसिर, २०८१ शनिबार

07:15:05 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सांग्रिला डेभलपमेन्ट बैंकको १०८ औं शाखा चौरजहारी बजारमा

३ फागुन, २०७८

सांग्रिला डेभलपमेन्ट बैंकको १०८ औं शाखा चौरजहारी बजारमा

काठमाडौं
सांग्रिला डेभलपमेन्ट बैंकले थप नयाँ शाखा संचालनमा ल्याएको छ । बैंकले सोमबार चौरजहारी नगरपालिका वडा नं. २, रुकुम (पश्चिम) मा नयाँ शाखा संचालनमा ल्याएको हो ।

चौरजहारी शाखा कार्यालय संचालनमा आए सँगै सो क्षेत्रका सर्वसाधारणलाई सहज बैंकिङ्ग सुविधा पुग्ने विश्वास बैंकले लिएको छ । यो सँगै सांग्रिला डेभलपमेन्ट बैंकको कुल शाखा संख्या १०८ पुगेको छ ।