२ जेठ, २०८१ बुधबार

07:27:02 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

यी हुन् ७२ लाख ठग्ने गुरुङ, पीडितले पैसा माग्दा पैसा नभएको बैँकको चेक दिन्थे

Nepal Business

२ फागुन, २०७८

यी हुन् ७२ लाख ठग्ने गुरुङ, पीडितले पैसा माग्दा पैसा नभएको बैँकको चेक दिन्थे

नेपाल विजनेश समाचारदाता,
२ फागुन : बैंकिङ कसूर (ठगी) मुद्दामा कतिसम्म मानिसलाई ठगी गर्न सक्छन् भन्ने कुरा एक व्यक्तिमाथि अदालतले गरेको फैसलाले स्पष्ट हुन्छ । 

उनले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानीजानी पीडितलाई झुक्यानमा पारी बैंक खाताबाट भुक्तान हुने भनी चेक दिएको ठहर भएको थियो

बैंँकिङ कसुरमा दोषी ठहर भएका एक व्यक्तिमाथि अदालतले रु ७२ लाख त जरिवाना मात्रै तोकिदिएको छ । उनलाई २४ दिन थुनामा राख्न पनि उच्च अदालत पाटनको गत मंसिरको आदेशमा भनिएको छ । त्यसपछि ति व्यक्ति फरार हुँदै आएका थिए ।

यसरी दोषी ठहर हुने व्यक्ति हुन् तनहुँ घर भइ काठमाडौँको सोह्रखुट्टे बस्ने एमएम कन्स्ट्रक्शनका संचालक ३२ वर्षीय सुरज गुरुङ ।

प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोका प्रहरी उपरीक्षक श्यामकुमार महत्तोका अनुसार पक्राउ गरी फैसला कार्यान्वयनका लागि सोमबार नै ललितपुर जिल्ला अदालतमा पेश गरिएकोमा अदालतको आदेशले उनी कारागार चलान भएका छन् ।

उनले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानीजानी पीडितलाई झुक्यानमा पारी बैंक खाताबाट भुक्तान हुने भनी चेक दिएको ठहर भएको थियो । पैसा नै नभएको बैंक खाताको चेक काट्दै दिने गरेका थिए । अन्ततः उनी कानुनको कठघरामा उभिनै पर्यो । 

यस्तो अर्काे घटनाका दोषी सिन्धुपाल्चोक घर भई काठमाडौँ महानगरपालिका–३१ तीनकुने बस्ने ३६ वर्षीय सुमित भण्डारीलाई पनि सोमबार नै प्रहरीले पक्राउ गरी अदालतमा पेश गरेको छ । 

उनलाई २०७७ मंसिर १३ गतेको फैसलाले ५ दिन कैद र ९ लाख ७३ हजार रुपैयाँ जरिवाना तोकिएको थियो । त्यसपछि फरार हुँदै आएका उनलाई पनि पक्राउ गरी अदालतमा पेश गरिएकामा कारागार चलान गरिएको छ ।