१७ बैशाख, २०८१ सोमबार

03:33:34 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

गरिमा विकास बैंकले सार्वजनिक गर्याे ‘स्वर्णिम निक्षेप योजना’

२ फागुन, २०७८

गरिमा विकास बैंकले सार्वजनिक गर्याे ‘स्वर्णिम निक्षेप योजना’

काठमाडौं
गरिमा विकास बैंक लिमिटेडले ‘स्वर्णिम निक्षेप योजना’ सार्वजनिक गरेको छ। बैंकले उत्कृष्ट प्रतिफल दिने उद्देश्यका साथ ‘स्वर्णिम निक्षेप योजना’ सार्वजनिक गरेको हो । न्यूनतम १ हजार रुपैयाँ मौज्दातमा सुरु गर्न सकिने यो योजना क्रमिक (रिकरिङ्ग) निक्षेप खाता हो। यो निक्षेप योजना अन्तर्गत ५ वर्ष वा त्योभन्दा बढी अवधिको निक्षेप खाता खोली वार्षिक मुद्दति बराबरको व्याजदरको फाईदा लिन सकिनेछ।

उक्त योजना अवधिभर जति पनि रकम जम्मा गर्न सकिने बैंकले जनाएको छ । आफुले जम्मा गरेको हरेक रकममा त्यस समयको मुद्दति बराबरको ब्याजदर पाईनेछ। बैंकले ‘स्वर्णिम निक्षेप योजना’ अन्तर्गत उच्चतम ११.५५% ब्याजदर प्रदान गर्ने छ।