२ जेठ, २०८१ बुधबार

09:44:21 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

शैक्षिक सत्र वैशाखबाटै सुरु हुने

२ फागुन, २०७८

शैक्षिक सत्र वैशाखबाटै सुरु हुने

काठमाण्डौं

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी वर्षको शैक्षिक सत्र वैशाख महिनामै सुरु गर्ने भएको छ ।

मन्त्रालयका प्रवक्ता दीपक शर्माले चैतभरि पढाइ हुने र वैशाखमा परीक्षा र नयाँ भर्ना सँगै खोल्ने बताउनु भएको छ । एक कक्षामा नयाँ भर्ना लिन परीक्षाले फरक नपार्ने मन्त्रालयका प्रवक्ता शर्माले  बताउनु भयो । वैशाखमा परीक्षा र नयाँ भर्ना सँगै हुन्छ । नतिजा प्रकाशन, पुस्तक वितरण र तत्काल पठनपाठन सुरु गर्ने हिसाबले स्कुलहरुले मिलाउनुपर्छ ।

वैशाखदेखि सुरु भएर चैतमा सकिने शैक्षिक सत्र कोरोना माहामारीका कारण दुई महिना पछि धकेलिएको थियो । २०७७ सालमा मन्त्रिपरिषद्ले शिक्षा नियमावली संशोधन गरेर शैक्षिक सत्र परिवर्तनको अधिकार दिएपछि शिक्षा मन्त्रालयले असार १ बाट शैक्षिक सत्र सुरु हुने निर्णय गरेको थियो ।

एउटा शैक्षिक सत्रमा न्यूनतम १८० दिन वा १ हजार घन्टा पढाउनुपर्ने नियम छ । सार्वजनिक बिदा, साप्ताहिक बिदाबाहेक करीब २ सय दिन विद्यालय सञ्चालन हुनुपर्छ ।