७ मंसिर, २०८१ शुक्रबार

02:55:19 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

१५ अर्बको विकास ऋणपत्र बिक्री गर्दै राष्ट्र बैंक

२ फागुन, २०७८

१५ अर्बको विकास ऋणपत्र बिक्री गर्दै राष्ट्र बैंक

काठमाडौं
नेपाल राष्ट्र बैंकले विकास ऋणपत्र बिक्री गर्ने भएको छ । बैंकले १५ अर्ब रूपैयाँ बराबरको “विकास ऋणपत्र २०८२ (च)“ नामको ऋणपत्र बिक्री गर्न लागेको हो । ४ वर्ष अवधिको उक्त ऋणपत्रको व्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुने बैंकले जनाएको छ । ऋणपत्रको बोलकबोल फागुन ३ गते मंगलबार अपरान्ह ३ बजेसम्म हुनेछ ।

उक्त ऋणपत्र खरीद गर्न चाहाने इच्छुक खरीदकर्ताले प्रतिस्पर्धी र अप्रतिस्पर्धी रुपमा सहभागिता जनाउन सक्ने छन् । प्रतिस्पर्धीका लागि ८५ प्रतिशत र अप्रतिस्पर्धीका लागि १५ प्रतिशत छुट्याइएको छ । बैंक तथा वित्तीय संस्था,गैर–बैंक वित्तीय संस्था, बीमा कम्पनी,संगठित संस्था तथा नेपाली नागरिकले उक्त ऋणपत्र खरिद गर्न सक्नेछन् । खरिदकर्ताले राष्ट्र बैंकको राष्ट्र ऋण व्यवस्थापन विभागमा आवेदन दिनुपर्नेछ ।