१७ बैशाख, २०८१ सोमबार

12:11:04 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

गोरखाको बिरुवाटारमा ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर सञ्चालन

२ फागुन, २०७८

गोरखाको बिरुवाटारमा ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर सञ्चालन

काठमाडौं
गोरखा जिल्लाको पालुङटार नगरपालिका वडा नं. ७ बिरुवाटारमा ग्लोबल आइएमई बैंक लिमिटेडले नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ।  सेवाग्राहीको बढ्दो चाप र विस्तारित बैंकिङ सेवाको आवश्कतालाई मध्यनजर गर्दै बैंकले गोरखाको बिरुवाटारमा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको हो। ‘सबैका लागि बैंक’ भन्ने नाराका साथ हालसम्म बैंकले २७ लाखभन्दा बढी ग्राहकमाझ सेवा प्रदान गर्दै आइरहेका छ ।

यस बैंकले मुलुकभर तथा मुलुकबाहिर बैंकिङ सेवाको पहुँच पुर्याउने उद्देश्यले ७६ जिल्लामा २८७ शाखा, २५२ एटीएम, २७४ शाखा रहित बैंकिङ सेवा, ४९ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ८५० भन्दा बढी सेवा केन्द्रबाट ग्राहकलाई सेवा प्रदान गरिरहेको छ।